News Category 2071/05/28
पूर्वउपाध्यक्ष पासवानको स्वास्थ्य अवस्था बारे गृहमन्त्रीद्वारा जानकारी
दैनिक संवाददाता
राजविराज, २७ भदौं ।
दुर्घटनामा परि घाइते हुनु भएका राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष रामपृत पासवानको अवस्था झन गम्भिर बन्दै गएको समाचार यस दैनिकमा प्रकाशित भएपछि शुक्रबार नेकपा एमालेका उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतमसहित पार्टीका अन्य नेताहरु उहाँलाई भेट्न अस्पताल पुग्नु भएको छ ।
दुर्घटनामा परि घाइते हुनु भएका राष्ट्रिय सभाका पूर्वउपाध्यक्ष पासवानको हाल काठमाडौंस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।
गृहमन्त्रीसहित एमालेका महासचिव ईश्वर पोखरेल र डा. भरत प्रधान शुक्रबार अपरान्ह १२ बजेपछि अस्पताल पुगि उहाँको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभयो ।
गृहमन्त्री गौतमले पूर्व उपाध्यक्ष पासवानको उपचार गरिराख्नु भएका चिकित्सकहरुलाई स्वास्थ्य उपचारका लागि सक्दो प्रयास गर्न निर्देशन दिँदै आवश्यक परेमा अन्य चिकित्सकहरुलाई समेत संलग्न गराउन सुझाव समेत दिनुभयो ।
गम्भिर घाइते भएपछि उहाँलाई बिराटनगर उपचारका लागि लगिएको थियो । तर, त्यहा पनि उपचार सम्भव नभएपछि सोमबार काठमाडौंस्थित मोडल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
गत शनिबार पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ स्थित सडकखण्डमा मोटरसाइकलमा सवार पासवानसहितलाई मिनि ट्रकले ठक्कर दिएपछि उहाँ गम्भिर घाइते हुनु भएको हो । उहाँको करङ्ग भाचिएको छ भने फोक्सोमा असर परेको संलग्न चिकित्सकहरुले जनाएका छन् ।
गत शनिबार पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १ ख ४११६ नं.को मिनि ट्रकले बिपरित दिशाबाट आउदै गरेको स १ प २५८७ नं.को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा उपाध्यक्ष रामपृत पासवान र बोरिया ५ बस्ने वर्ष ३६ को अजय कुमार साह घाइते हुनुभएको थियो ।
त्यस्तै गरि सोही दिसातर्फ गईरहेको स ४ प ३५७३ नं.को मोटरसाइकललाई समेतलाई ठक्कर दिदा सवार सप्तरी हरिपुर ५ बस्ने वर्ष २२ को श्याम कुमार चौधरी घाईते भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ