News Category 2078/09/03
आईडियलको कुल बचत संकलन एक सय ६ करोड भन्दा बढी
राजविराज÷आईडियल सहकारी संस्था लिमिटेडले सहकारीको क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । संस्थाको शनिबार सम्पन्न २२ औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा संस्थाको कुल बचत संकलन १ सय ६ करोड भन्दा बढी रहेको उल्लेख छ ।
संस्थाका अध्यक्ष गणेश कुमार आशद्वारा प्रस्तुत प्रतिवेदनमा हालसम्म कुल बचत संकलन १ सय ६ करोड ४ लाख १० हजार ४६ रँपैया ६५ पैसा रहेको उल्लेख छ । त्यस्तै शेयर पुँजी ८ करोड २० लाख ४० हजार ५ सय, कुल लगानी ७४ करोड ४३ लाख २९ हजार ६ सय ६३ रहेको छ ।
प्रस्तुत प्रतिवेदनमा संस्थामा ६ हजार ९ सय ७५ महिला र १० हजार ४३ जना पुरुष शेयर सदस्य गरि कुल १७ हजार १८ जना शेयर सदस्य रहेको जनाइएको छ ।
सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको पातो र हनुमाननगरमा सेवा केन्द्र गरि जम्मा तीन ठाउँबाट संस्थाले सेवा दिइरहेको तथा हाल संस्थाले आईडियल स्मार्ट एप, मिस्ड कल बैंकिङ सेवा, इन्टरनेट बैकिङ, जुनसुकै बैंक खातामा रकम ट्रान्सफर गर्ने सुविधा, ई–सेवा वाइलेटमा लोड, एटिएम कार्डबाट भारतमा रकम झिक्न पाउने व्यवस्था भएको अध्यक्ष आशले जानकारी दिए ।
त्यस्तै संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत जिल्ला प्रशासन कार्यालयमा कम्प्युटर, प्रिन्टर तथा स्क्यानर, तिलाठीस्थित कान अस्पताललाई स्टाफ एप्रोन तथा अन्य सामाग्रि, २ नं. प्रदेश प्रहरी तालिम केन्द्रलाई पानीटैंक र फिल्टर प्रदान गरेको जनाइएको छ । संस्थाले कोभिडको महामारीको बेला पनि ग्राहकलाई सावधानीपूर्वक सेवा दिएको उल्लेख छ ।
संस्थाक अध्यक्ष गणेश आशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचारकर्मी अवधेश झा, मनोहर पोखरेल, संस्थाका लखीन्द्र साह, संस्थाका पूर्व संचालक सुर्यनारायण साह लगायतका ब्यक्ति शुभकामना मन्तव्य दिएका थिए भने स्वागत मन्तब्य शैलेसकुमार चौधरी, लेखा प्रतिवेदन संस्थाका उपाध्यक्ष विजयानन्द झा तथा लेखा प्रतिवेदनमाथी डम्बर महतोले सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ