News Category 2078/09/04
पुस्तौदेखी गृहत खट्दा समेत ऋण नसकिएको भन्दै सरोकारवालालाई ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
हरवाचरवा अधिकार मञ्च सप्तरीले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा हरवारचवाहरुले पुस्तौदेखी गृहत खट्दा पनि ऋण नसकिएको भन्दै यसका लागि पहल गरिदिन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।
हरवाचरवा अधिकार मञ्चका राष्ट्रिय महासचिव नागेन्द्र सदाले भूमिहीन भएका कारण जग्गाधनीको घरमा हरवाचरवा बसेकाहरु उल्टै ऋणमा डुबेको बताए । उनले त्यसलाई भुक्तान गर्ने क्रममा अर्को पुस्ताले पनि हरवाचरवाकै काममा खट्नु परिरहेको दुखेसो सुनाए ।
सोही कार्यक्रममा श्रीपूर्राज समुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले हरवाचरवाका बालबालिालाई निशुल्क गुणस्तरिय शिक्षाको व्यवस्था र परिवारजनलाई रोजगारी उपलब्ध गराउनु पर्ने माग गरे ।
हरवाचरवा अधिकार मञ्च सप्तरीको आयोजना तथा द फ्रिडम फण्ड, दलित चेतना संगम र श्रीपूरार्ज सामुदायिक विकास केन्द्रको सहयोगमा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह, कानुन व्यवसायी शेखर खंग, काँग्रेसकी सरवेश्वरी झा, जसपा शम्भु यादव, लोसपाका महिनारायण यादव, नेकपा एमालेका अखिलेश झा, गैससकी रिया सन्चेती, श्यामकान्त चौधरी, भूमिअधिकार मञ्चका सुरैत सदा, दलित चेतना संगमका कार्यकारी निर्देशक गणेश राम लगायतले हरवाचरवाको समस्यालाई गम्भिरताका साथ लिदै यसका समाधानका लागि आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ