News Category 2071/05/28
समय नाघेको औषधी बरामद
दैनिक संवाददाता
राजविराज, २७ भदौं ।
सप्तरीको कडेरबोनास्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट शुक्रवार ठूलो मात्रा समय नाघेको औषधीहरु स्थानियहरुले बरामद गरेका छन् ।
स्थानियहरुले चर्पीमा केही औषधी भेटाएपछि अन्यत्र पनि चेक गर्दा विभिन्न स्थानमा राखिएको ठूलो मात्रामा विभिन्न रोगीलाई प्रयोग हुने समय नाघेको औषधीहरु बरामद गरेका हुन् ।
सप्तरीका एघार वटा गाविसहरुलाई सेवा दिने उद्देश्यले स्थापना भएको उक्त प्राथमिक स्वास्थ्य केन्द्रबाट गर्भवती महिलाले समेत आईरन र क्याल्सियम चक्कीसमेत नपाईरहेको अवस्थामा १० हजार भन्दा बढी समय नाघेका उक्त चक्की आफुहरुले केन्द्रबाटै फेला पारेको स्थानीय मोहम्द गुलजारले बताउनुभयो ।
यता प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सुधीरप्रभात कर्णले भने आफ्नो कार्यकालको उक्त औषधीहरु नभएको दाबी गर्नुभयो । आफु यस केन्द्रमा आएको एक वर्ष मात्रै भएको र यसअघिका स्टोरकिपर त्रिलोचन चौधरीले औषधीबारे आफुलाई जानकारी नदिने गरेकाले समय नाघेका औषधी पनि स्टोरमा रहेको भनि आफुलाई थाहा नभएको केन्द्र प्रमुख कर्णको भनाई छ ।
बिरामीले स्वास्थ्य केन्द्रबाट निःशुुल्क औषधी नपाएपछि उनीहरु बाहिरी पसलबाट औषधी खरीद गर्न बाध्य रहेको स्थानीय हजरत अलीलले जानकारी दिनुभयो ।
ज्वरो आएको समयमा प्राथमिक स्वास्थ्य केन्द्रबाट विगतमा सिटामोलसमेत पाउन नसकेको अवस्थामा अहिले यत्रो समय नाघेको औषधी फेला पर्नुले कार्यरत सबै कर्मचारी तथा स्वास्थ्यकर्मीको मिलेमतोमा सेवाग्राहीको जीवनसित खेलवाड गरेको भन्दै आवश्यक छानविन गरी कारबाही हुनुपर्ने स्थानीयहरुको माग रहेको छ । स्वास्थ्यकर्मीहरुले औषधी अन्यत्र बिक्री गर्न स्टोरमा राख्ने गरेको र बिक्री नभएका औषधीहरु यसरी नै फाल्ने गरेको त्यसक्षेत्रका सेवाग्राहीहरुको आरोप छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ