News Category 2078/09/04
आफ्नो बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठग्ने महिलासहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
आफ्नो बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठगि गर्ने एक महिलालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
बलात्कारको झुठो आरोप लगाई रकम ठगि गर्ने सप्तरीको खडक नगरपालिका ९ लालपट्ीकी २४ वर्षिया रुबिना खातुनलाई प्रहरीले पक्राउ गरेको हो । उनी सँगै उक्त कार्यमा संलग्न रहेका सोही ठाउँका ३२ वर्षिय रहमान मियाँलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेलका अनुसार पछिल्लो पटक रुबिना र रहमान मिलेर सोही वडाकी गुलेशा खातुनसँग एक लाख रुँपैया ठगि गरेको अनुसन्धानको क्रममा खुलेको जानकारी दिएका छन् ।
प्रहरीका अनुसार रुबिनाले गुलेशालाई फोन गरि तिम्रो पतिले मलाई बलात्कार गरेको छ, ४ लाख रुँपैया नदिए प्रहरीमा जबरजस्तीकरणी मुद्दा अन्तरगतको जाहेरी दिन्छु भन्दै रकम ठगेको अनुसन्धानको क्रममा खुलेको हो ।
आफू र पति बेइज्जत हुने डरले गुलेशाले तत्काल एक लाख रुँपैया बुझाएकी थिइन् । पछि पतिले उक्त आरोप सरासर गलत भएको बताएपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।
सो ठगि धन्दामा रुबिनालाई रहमानले समेत सघाउने गरेकाले उनलाई पनि पक्राउ गरिएको डिएसपी काफ्लेले बताउँदै पैसा ठगि गर्न रुबिनाले यसअघि पनि गाउँका कयौं यूवाहरुलाई फसाउने र बार्गेनिङ गर्ने गरेको पाइएको उनले बताए । यसबारे पनि थप अनुसन्धान भइरहेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ