News Category 2078/09/05
विमानमा प्राविधिक समस्या आएपछि बुद्ध एयरले फर्कायो यात्रु
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
बुद्ध एयरको विमानमा आएको प्राविधिक समस्याका कारण सोमबार राजविराजबाट काठमाडौंका लागि टिकट काटेर तयारी अवस्थामा बसेका ४९ जना यात्रु निरास भई फर्केका छन् ।
निर्धारित समय भन्दा करिब तीन घण्टा ढिलो अवतरण गरेको बुद्ध एयरको विमानले थप तीन घण्टा यात्रुलाई कुराएर राजविराज विमानस्थलबाट फिर्ता पठाइदिएको हो ।
काठमाडौंका लागि १२ बजे विमान चढ्न समय दिएको भएपनि सोमबार दिउँसो २ः५० मा मात्र काठमाडौंबाट आएको बुद्ध एयर राजविराज विमानस्थलमा अवतरण गरेको थियो ।
काठमाडौंका लागि यात्रुहरु चढाइसकेपछि उडान भर्ने तयारीमा रहेको सो विमानमा केही प्राविधिक समस्या आएको छ भन्दै मरमतमा केही समय लाग्ने विमानका कर्मचारीहरुद्वारा आफूहरुलाई जानकारी गराइएको यात्रुहरुले बताए ।
काठमाडौंबाटै प्राविधिक टिम मगाउनु पर्ने भन्दै बुद्ध एयरको अर्को सानो जहाजबाट प्राविधिकको टोलीलाई झिकाइएको भएपनि रात्री उडान भर्न अनुमति नरहेको भन्दै साँझ ६ बजेतिर सबै यात्रुलाई फिर्ता पठाइएको उदयपुरबाट आएकी एक यात्रुले बताइन् ।
बुद्ध एयर राजविराज शाखाका स्टेशन म्यानेजर अनिल राजवंशीले विमान मरमतको काममा समय लाग्ने भएकाले सोमबार फिर्ता पठाइएका यात्रुहरुको मंगलबार बिहान ८ बजे उडान हुने तयारी भइरहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ