News Category 2078/09/05
विमानमा प्राविधिक समस्या आएपछि बुद्ध एयरले फर्कायो यात्रु

दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
बुद्ध एयरको विमानमा आएको प्राविधिक समस्याका कारण सोमबार राजविराजबाट काठमाडौंका लागि टिकट काटेर तयारी अवस्थामा बसेका ४९ जना यात्रु निरास भई फर्केका छन् ।
निर्धारित समय भन्दा करिब तीन घण्टा ढिलो अवतरण गरेको बुद्ध एयरको विमानले थप तीन घण्टा यात्रुलाई कुराएर राजविराज विमानस्थलबाट फिर्ता पठाइदिएको हो ।
काठमाडौंका लागि १२ बजे विमान चढ्न समय दिएको भएपनि सोमबार दिउँसो २ः५० मा मात्र काठमाडौंबाट आएको बुद्ध एयर राजविराज विमानस्थलमा अवतरण गरेको थियो ।
काठमाडौंका लागि यात्रुहरु चढाइसकेपछि उडान भर्ने तयारीमा रहेको सो विमानमा केही प्राविधिक समस्या आएको छ भन्दै मरमतमा केही समय लाग्ने विमानका कर्मचारीहरुद्वारा आफूहरुलाई जानकारी गराइएको यात्रुहरुले बताए ।
काठमाडौंबाटै प्राविधिक टिम मगाउनु पर्ने भन्दै बुद्ध एयरको अर्को सानो जहाजबाट प्राविधिकको टोलीलाई झिकाइएको भएपनि रात्री उडान भर्न अनुमति नरहेको भन्दै साँझ ६ बजेतिर सबै यात्रुलाई फिर्ता पठाइएको उदयपुरबाट आएकी एक यात्रुले बताइन् ।
बुद्ध एयर राजविराज शाखाका स्टेशन म्यानेजर अनिल राजवंशीले विमान मरमतको काममा समय लाग्ने भएकाले सोमबार फिर्ता पठाइएका यात्रुहरुको मंगलबार बिहान ८ बजे उडान हुने तयारी भइरहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ