News Category 2078/09/06
माछालाई दाना हाल्न गएका चौधरीको शव पोखरीमा भेटिए
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
पोखरीमा पालिएको माछालाई दाना हाल्न गई वेपत्ता भएका एक व्यक्तिको शव सोही पोखरीमा फेला परेको छ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ का बाबुनन्द चौधरीको मंगलबार बिहान शव फेला परेको हो । प्रहरीका अनुसार उनको मृत शरीर बिहान ९ बजेतिर घर नजिकैको उनकै पोखरीबाट बरामद गरिएको हो ।
सोमबार आफ्नै पोखरीमा माछालाई दाना हाल्न निस्केका उनी अबेर रातीसम्म घर नफर्किएपछि परिवारजन प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलासकै क्रममा उक्त पोखरी किनारमा चौधरीको चप्पल फेला परेपछि पोखरीभित्र खोजतलास सुरु गरेकोमा उनको मृत शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
माछालाई चारो हाल्ने क्रममा चिप्लिएर उनको डुबेर मृत्यु भएको अनुमान गरिएको छ । मृतकको शव मंगलबारै स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टमका लागि पु¥याई घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ