News Category 2078/09/06
माछालाई दाना हाल्न गएका चौधरीको शव पोखरीमा भेटिए
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
पोखरीमा पालिएको माछालाई दाना हाल्न गई वेपत्ता भएका एक व्यक्तिको शव सोही पोखरीमा फेला परेको छ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ का बाबुनन्द चौधरीको मंगलबार बिहान शव फेला परेको हो । प्रहरीका अनुसार उनको मृत शरीर बिहान ९ बजेतिर घर नजिकैको उनकै पोखरीबाट बरामद गरिएको हो ।
सोमबार आफ्नै पोखरीमा माछालाई दाना हाल्न निस्केका उनी अबेर रातीसम्म घर नफर्किएपछि परिवारजन प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलासकै क्रममा उक्त पोखरी किनारमा चौधरीको चप्पल फेला परेपछि पोखरीभित्र खोजतलास सुरु गरेकोमा उनको मृत शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
माछालाई चारो हाल्ने क्रममा चिप्लिएर उनको डुबेर मृत्यु भएको अनुमान गरिएको छ । मृतकको शव मंगलबारै स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टमका लागि पु¥याई घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ