News Category 2078/09/07
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
सप्तरी प्रहरीले प्रतिबन्धित खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सिपौल जिल्ला भीमनगर ग्राम पंचायत वडा ४ वस्ने ३१ वषर््िाय गोलु भन्ने रतन शर्मा र ३५ वर्षिय जय प्रकाश पासवान छन ।
प्रहरीले उनीहरुको साथबाट २२ ग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बि.आर ५० आर २४९६ नम्बरको भारतीय मोटरसाइकललाई कंचनरुप नगरपालिका २ स्थित पुर्व पश्चिम लोकमार्गमा चेक गर्दा उक्त परिमाणको ब्राउन सुगर फेला परेको डिएसपी काफ्लेले बताए ।
कालो प्लास्टीकमा बेरेर राखिएको ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा राखी लागु औषध नियन्त्रण एन अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सोमवार पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्द्यान पश्चात बुधवार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ