News Category 2078/09/12
प्रथम जेष्ठ नागरिक दिवसमा सातजना सम्मानित
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
जेष्ठ नागरिक जिल्ला संघ सप्तरी र पूर्वकर्मचारी सेवा परिषद् नेपाल सप्तरीले संयुक्त रुपमा आइतबार कार्यक्रमको आयोजना गरि प्रथम जेष्ठ नागरिक दिवस मनाएका छन् ।
सो अवसरमा आयोजित बिचार गोष्ठी तथा सम्मान कार्यक्रममा समाज र देशका लागि योगदान गर्ने सात जनालाई सम्मान गरिएको छ ।
जेष्ठ नागरिक संघ सप्तरीका सचिव बैजनाथ झाका अनुसार सम्मानित हुनेहरुमा पूर्वकर्मचारी पुरुषोत्तम मिश्र, मोहनप्रसाद उपाध्याय, लक्ष्मीलाल दास र बेचन ठाकुर छन् । यस्तै समाजसेवी लत्तर दास, चन्द्रदेवी झा र बिजय सिंह पनि सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा ८१ वर्षदेखी १ सय २ वर्षसम्मका जेष्ठ नागरिक छन् । उनीहरुलाई प्रमुखअतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दोसल्ला ओढाई सम्मान गरे ।
जेष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष शिवहरि प्रसाद भट्टराईको अध्यक्षतामा आयोजि कार्यक्रममा राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले, जेष्ठ नागरिक संघ प्रदेश २ समन्वय समितिका संयोजक शंकर सारदा, पूर्वकर्मचारी सेवा परिषद्का अध्यक्ष सुगम्बर यादव, समुदायिक सेवा प्रहरी मञ्चका अध्यक्ष हितनारायण लाल दास, पूर्वप्रधानाध्यापक बच्ची मिश्रा लगायतले शुभकामना दिँदै जेष्ठ नागरिकहरु समाजमा जिउँदा इतिहास रहेकाले उनीहरुबाट वर्तमान र भावी पुस्ताले धेरै कुरा सिक्नु पर्ने आवश्यकता माथी जोड दिए ।
जेष्ठ नागरिकप्रति उच्च सम्मान व्यक्त गर्न सरकारले यसै वर्षदेखी पुस ११ का दिन विविधि कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ