News Category 2078/09/12
जनमत पार्टीको सभामा वडा अध्यक्षद्वारा आक्रमण
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिकामा शनिबार जनमत पार्टीद्वारा आयोजित कोणसभामा पार्टीका नेता कार्यकर्ताहरुमाथी आक्रमणको प्रयास हुनुका साथै मोटरसाइकल तोडफोड गरिएको छ ।
पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहद्वारा आइतबार जारि विज्ञप्तिमा सोही नगरपालिका वडा नं. ११ स्थित सामुदायिक भवनमा शनिबार आयोजित पार्टीको कोणसभालाई लक्षित गरि वडा अध्यक्ष मोहिनारायण यादवको नेतृत्वमा एक समूहले धारिलो हतियारसहित आक्रमण गर्दा मोटरसाइकलमा क्षति तथा पार्टीका पालिका सहसचिव मण्डललाई चोट लागेको जनाइएको छ ।
आक्रमणबाट जनमत पार्टीका जिल्ला सदस्य भोगेन्द्र शर्माको मोटरसाइकल तोडफोड गरिएको छ भने सोही नगरपालिका जनमत पार्टीका सहसचिव द्वारिक मण्डलमाथी ढुंङ्गा प्रहार भएको जारि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “प्रहरी प्रशासनको उपस्थितिमा धारिलो हतियारसहित आक्रमण गर्नु र नेता कार्यकर्ताका मोटरसाइकल तोडफोड गरि क्षति पु¥याउनु अलोकतान्त्रिक, उदण्ड एवं मुर्खतापूर्ण व्यबहारको पराकाष्ठा हो ।”
उक्त घटनाको जनमता पार्टीले घोर भत्र्सना गर्दै घटना बारे छानबिन गरि दोषि वडा अध्यक्षलाई कारवाही तथा मोटरसाइकलको मर्मतसहित उचित क्षतिपूर्तीका लागि प्रशासनसँग माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ