News Category 2078/09/12
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
रात्री बसबाट लागुऔषध काठमाडौैं पु¥याउने अवैध कारोबारमा संलग्न सहचालकसहित दुईजना कारोबारी सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि दुई दिनअघि पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा राजविराज–काठमाडौं रुटमा चल्ने ना.८ख. ५८३७ नम्बरको बसका सहचालक कंचनरुप नगरपालिका ८ निवासी ३६ वर्षिय संजय भुजेल र बोदेबरसाईन नगरपालिका ५ बस्ने २१ वर्षिय मो. अब्दुल छन् ।
प्रहरी उपरिक्षक अभिनारायण काफ्लेका अनुसार अब्दुलले भारतीय क्षेत्रबाट लुकिछिपि लागुऔषध ल्याई सहचालक भुजेललाई बुझाउने र भुजेलले काठमाडौं पु¥याई विभिन्न स्थानमा बिक्रि गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।
भुजेलले काठमाडौं लैजान पार्किङ गर्ने स्थानमा बसको डिक्कीमा लागुऔषध ठिक्क पारि राखेको गोप्य सूचना आएपछि चेकजाच गर्दा ठूलो परिमाणमा लागु औषध बरामद गरिएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।
टेम्पो र बसबाट गरि प्रतिबन्धित नाइट्रोभेट १० दुई हजार एक सय ट्याब्लेट, एसएमपी प्रोक्सिभन क्याप्सुल २ सय ८८ र डाइलेक्स डिसि १०० एमएल तीन सय ९९ बोतल बरामद गरिएको प्रहरी उपरिक्षक काफ्लेले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ