News Category 2078/09/12
दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
दोषिमाथी कारवाहीको माग गर्दै जनमत पार्टीले सोमबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा प्रदर्शन, घेराउ तथा चक्काजाम लगायतका बिरोधका कार्यक्रम गरेका छन् ।
दुई दिनअघि सो पार्टीद्वारा हनुमाननगर कंकालिनी नगरपालिका वडा ११ स्थित सामुदायिक भवनमा आयोजित कोणसभा बिथोल्न वडा अध्यक्ष मोहीनारायण यादवको नेतृत्वमा एक समूहले घरेलु हतियारसहित नेताहरुमाथी आक्रमण तथा सहभागिहरुको मोटरसाइकल तोडफोड गरेको बिरोधमा सो बिरोधका कार्यक्रमहरु गरेका हुन् ।
पार्टीका नेता कार्यकर्ताहरुले हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय र प्रहरी चौकी घेराउ गर्नुका साथै टायर बालेर हनुमाननगर बजारमा प्रदर्शन गरेका छन् । जनमत पार्टीका नेता कार्यकर्ता सडकमा उत्रेपछि एक घण्टा सडक अवरुद्ध हुनुका साथै प्रहरी चौकी र नगरपालिकाको सेवा प्रभावित बनेको थियो ।
पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहका अनुसार शनिबार आयोजित पार्टीको कोणसभालाई लक्षित गरि वडा अध्यक्ष मोहिनारायण यादवको नेतृत्वमा एक समूहले धारिलो हतियारसहित आक्रमण गर्दा मोटरसाइकलमा क्षति तथा पार्टीका पालिका सहसचिव मण्डललाई चोट लागेको छ ।
उनले शान्तिपूर्ण सभामा आक्रमण र तोडफोड गर्नेलाई अविलम्ब पक्राउ, घाइतेको उपचार र क्षतिपूर्तीको माग अघि सार्दै माग पुरा नभए आन्दोलन अझ चर्काउने चेतावनी समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ