News Category 2078/09/12
महिला सहभागितालाई प्रहरी संगठनमा प्राथमिकता दिइएको छ ः प्रहरी महानिरीक्षक थापा
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी संगठनमा महिला कर्मचारीको संख्या बढाउनु पर्नेमा जोड दिदै यसका लागी आफूहरुले काम गरिरहेको बताएका छन् ।
उनले संविधानको मूल मर्म अनुसार ३३ प्रतिशत महिला सहभागितालाई प्रहरी संगठनमा प्राथमिकता दिइएको उल्लेख पनि गरे ।
प्रदेश २ प्रहरी तालिम केन्द्र, जनकपुर सम्पर्क कार्यालय राजविराजमा सोमबार महिला आवास गृह, कक्षाकोठा तथा अतिथि गृहको सोमबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।
हाल नेपाल प्रहरीमा महिलाको सहभागिता ११ प्रतिशत पुगेको र भविष्यमा ५० प्रतिशतसम्म पु¥याउने लक्ष्यका साथ कार्य भइरहेको उनले जानकारी दिए ।
महिलासहित सम्पूर्ण जनतालाई सुरक्षा र न्याय प्रदान गर्न प्रहरी प्रतिबद्ध रहेको बताउँदै उनले महिला माथि हुने हिंसा अपराधिक घट्नालाई महिला प्रहरी अधिकृत र कर्मचारीले नै सहजिकरण गर्दा सहज हुने जिकिर गरे । न्यायको सही र असल कार्य सम्पादनका लागि महिलामैत्री वातावरण सृजना तर्फ नेपाल प्रहरी अग्रसर भएको समेत बताए ।
एमआईपीपी परियोजना अन्तर्गत राजविराजस्थित सम्पर्क कार्यालयमा युनोप्सको सहयोगमा २ सय क्षमता भएको महिला आवास गृह र ५० विद्यार्थी अटाउने क्षमता भएको ४ वटा कक्षा कोठाको निर्माण गरिएको छ । परियोजना प्रमुख कोमल कार्कीले १५ करोडको लागतमा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रदेश २ तालिम केन्द्र राजबिराजका प्रमुख केदार ढकाल, राजबिराज नगरपालिका नगर प्रमुख शम्भु प्रसाद यादब, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिँह, रूपनी गाउपालिका अध्यक्ष हरेराम यादब, सप्तरी प्रहरी प्रमुख अभिनारायण काफ्ले, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, रेडक्रस सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण कुमार देव लगायतको समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ