News Category 2078/09/13
गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन शुरु
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले अक्सिजनको अभाव हुन नदिन अस्पताल हाता भित्रै अक्सिजन प्लान्टको स्थापना गरेको छ ।
दुई दिन अघि मात्र सफल परिक्षण गरिएपछि उक्त प्लान्ट मंगलवारदेखी संचालनमा आएको हो । प्लान्ट संचालनमा आएपछि जटिल, स्वास प्रस्वासका गम्भिर समस्या भएका तथा कोरोनाका विरामीलाई अन्यत्र जानुु पर्ने बाध्यता समेत हटेको छ ।
उक्त प्लान्टबाट दैनिक २ सय ८० देखी २ सय ९० सिलिण्डर अक्सिजन उत्पादन हुने लक्ष्य रहेको अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिएका छन् । अक्सिजनको माग बढे उत्पादन बढाउन बैकल्पिक उपायको रुपमा अस्पताल परिसर मै थप एउटा लिक्वीड प्लान्ट समेत जडान गरिएको उनले बताए ।
अस्पतालमा १५ वटा भेन्टिलेटरसहित १५ शैयाको आईसियु र ४ वटा भेनिटलेटर तथा २५ शैयाको अत्याधुनिक हाईडिपेन्सी युनिट सेवा समेत तैयारी अवस्थामा छ ।
अक्सिजनको उत्पादन शुरु भएसंगै उक्त सेवाहरु पनि प्रभावकारी ढंगले अघि बढ्ने मेसु डा.झाले बताए । यसअघि अस्पतालले दुहबी डिपो तथा अन्य स्थानबाट अक्सिजन आपूर्ती गर्दै आएको थियो ।
गत भदौं महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ३ करोड ७३ लाखको सहयोग प्राप्त हुना साथ संरचना निर्माण र अक्सिजन प्लान्ट जडानको काम शुरु भएको थियो ।
उपकरण जडान गर्ने इजिइन्फा प्रालि काठमाण्डांैका इन्जिनियर सन्तोष धितालले मंगलवार एक कार्यक्रमबीच प्लान्ट संचालनमा ल्याई मेडिकल सुपरिटेण्डेन्ट डा. झालाई हस्तान्तरण गरे लगतै उत्पादन शूरु गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ