News Category 2078/09/14
उम्मेदवारी फिर्ता लिएका ललनले पाए ९५ भोट

दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
नेपाली काँग्रेसको प्रदेश सदस्य पदमा उम्मेदवारी फिर्ता लिएका सप्तरी काँग्रेसको प्रवक्ता समेत रहेका प्रभात कुमार ललनले ९५ मत पाएका छन् ।
उनले निर्वाचन सुरु हुनु भन्दा पाँच मिनेट अगाडी उम्मेदवारी फिर्ता लिएका थिए । देउवा पक्षका उनी आपसी तालमेल भएपछि अन्तिम क्षणमा उम्मेदवारी फिर्ता लिएका थिए ।
हालै जनकपुृरमा भएको प्रदेश २ को अधिवेशनमा उनी प्रदेश सदस्य खुल्लातर्फ उम्मेदवारी दर्ता गराएपनि मतदान शूरु हुनुभन्दा ५ मिनेट पहिले निर्वाचन अधिकारीको कार्यालयमा एक निवेदन दिदै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका थिए ।
मतगणना गर्दा उनले ९५ मत पाएका छन् । उक्त पदमा भने जिवनाथ चौधरी, नरेन्द्र यादव, प्रेमशंकर सिह र बासुलाल महतो निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसको केन्द्रिय महाधिवेशनमा सप्तरीबाट १ जना र प्रदेश २ को अधिवेशनबाट ८ गरी ९ जना निर्वाचित भएका छन् । प्रवक्ता ललनका अनुसार केन्द्रिय अधिवेशनबाट दिनेश यादव केन्द्रिय सदस्य पदमा निर्वाचित भएका छन् ।
यस्तै प्रदेश २ को अधिवेशनबाट सह–महामन्ीत्र पदमा परशुराम चौधरी र विन्दु यादव निर्वाचित भएका छन् । यस्तै प्रदेश २ को सदस्य पदमा भुवनेश्वर साफी, पार्वती देवी माझी, विमला साह, राजश्री यादव, नितु झा र आशाराम चौधरी निर्वाचित भएका छन् ।
यसैबीच रोकिएको सप्तरी जिल्लाको अधिवेशन पुष २७ गते हुने र यसका लागी आवश्यक तयारी शुरु गरिएको प्रवक्ता ललनले जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ