News Category 2078/09/16
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ

दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
जनमत पार्टीले किसानहरुको समस्या समाधान गर्न ११ बुँदे माग राखेर अनिश्चितकालीन राजमार्ग बन्द आन्दोलनलाई निरन्तरता दिँदै शुक्रबार पनि पूर्व–पश्चिम राजमार्गमा बन्दको प्रभावमा परेको छ ।
राजमार्ग बन्द आन्दोलनका क्रममा जिल्लाको भारदहमा राजमार्ग अवरुद्ध गर्दै गरेका जनमत पार्टीका सप्तरीका अध्यक्ष चन्देश्वर मण्डलसहित एक दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता शुक्रवार विहानदेखि भारदहस्थित राजमार्गमा जनमतका कार्यकर्ताहरुले प्रदर्शन गर्दै एक टिपरमा तोडफोड गरेका छन् ।
यस्तै लहानमा जनमतका कार्यकर्ताहरुले उखु बोकेर प्रदर्शन गरेका छन ।
किसानहरुको समस्या समाधान गर्न भन्दै जनमत पार्टीले सुरु गरेको राजमार्ग अवरुद्ध बन्द आन्दोलनका क्रममा सिरहाको लहानमा मनोकामना ड्राइभिङ्ग सेन्टरको गाडी तोडफोड भएको छ ।
राजमार्ग बन्दको अवज्ञा गरेको भन्दै जनमतका कार्यकर्ताले को.१ब. ३७२९ नम्बरको कारको सिसा फुटाएका हुन् । सिसा लागेर गाडीमा सवार विजय यादवलाई चोट समेत लागेको छ ।
जनमतका कार्यकर्ताले विहानैदेखि लहानमा प्रदर्शन गर्दै सडकमा टायर बालेर राजमार्ग समेत अबरूद्ध पारेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ