News Category 2078/09/16
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
जनमत पार्टीले किसानहरुको समस्या समाधान गर्न ११ बुँदे माग राखेर अनिश्चितकालीन राजमार्ग बन्द आन्दोलनलाई निरन्तरता दिँदै शुक्रबार पनि पूर्व–पश्चिम राजमार्गमा बन्दको प्रभावमा परेको छ ।
राजमार्ग बन्द आन्दोलनका क्रममा जिल्लाको भारदहमा राजमार्ग अवरुद्ध गर्दै गरेका जनमत पार्टीका सप्तरीका अध्यक्ष चन्देश्वर मण्डलसहित एक दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता शुक्रवार विहानदेखि भारदहस्थित राजमार्गमा जनमतका कार्यकर्ताहरुले प्रदर्शन गर्दै एक टिपरमा तोडफोड गरेका छन् ।
यस्तै लहानमा जनमतका कार्यकर्ताहरुले उखु बोकेर प्रदर्शन गरेका छन ।
किसानहरुको समस्या समाधान गर्न भन्दै जनमत पार्टीले सुरु गरेको राजमार्ग अवरुद्ध बन्द आन्दोलनका क्रममा सिरहाको लहानमा मनोकामना ड्राइभिङ्ग सेन्टरको गाडी तोडफोड भएको छ ।
राजमार्ग बन्दको अवज्ञा गरेको भन्दै जनमतका कार्यकर्ताले को.१ब. ३७२९ नम्बरको कारको सिसा फुटाएका हुन् । सिसा लागेर गाडीमा सवार विजय यादवलाई चोट समेत लागेको छ ।
जनमतका कार्यकर्ताले विहानैदेखि लहानमा प्रदर्शन गर्दै सडकमा टायर बालेर राजमार्ग समेत अबरूद्ध पारेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ