News Category 2078/09/20
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा बारा र सिरहा सेमिफाईनलमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनोट प्रतियोगितामा बारा र सिरहा सेमिफाईनलमा प्रवेश गरेको छ ।
सोमवार बारा र सर्लाही बिच भएको खेलमा बाराले सर्लाहीलाई दुई बिकेटले तथा सिरहाले पर्सालाई १ सय ५६ रनले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
मबिव खेल मैदानमा सर्लाहीले टस जितेर ४७ ओभर ५ बल खेल्दै २ सय १८ रन को योगफल खडा गरेको थियो । जसमा सर्लाहीका सुधिर चौधरी उत्कृष्ट खेल्दै १ सय ३ र विशाल पटेलले ४४ रन जोडे । जवाफमा बाराले ४५ ओभर १ बल खेल्दै ८ बिकेटको क्षतिमा बिजय हात पारेको थियो । जसमा रबी साह ४३ र कुमार थापाले ४३ रन जोडेका थिए । सो खेलमा म्यान अफ दि म्याच कुमार थापा घोषित भए ।
यस्तै पर्सा र सिरहा बिच भएको दोश्रो खेलमा टस जितेर सिरहाले ४८ ओभर ४ बलमा ३ सय ९ रन को योगफल खडा गरेको थियो । जसमा रूपेश सिंह ९७ रन, शैलेन्द्र साह ५७ रन, सुमन गतराज र सुरेश यादबले सामान्य ३२÷३२ रन बनाएका थिए । जवाफमा पर्साले ३७ ओभर १ बलमा सबै बिकेट गुमाएर २ सय ६ रन मात्र बनाउन सकेको थियो । सो खेलमा म्यान अफ दि म्याच रूपेश सिँह घोषित भए ।
मंगलबार पहिलो सेमिफाईनल खेल राजरंगशालामा सप्तरी र बारा तथा दोश्रो सेमिफाइनल मबिव क्याम्पस खेल मैदानमा धनुषा र सिरहा बिच हुने सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ