News Category 2078/09/20
सप्तरी काँग्रेस सभापतिको दौडमा आधा दर्जन भन्दा बढी आकांक्षी
दैनिक समाचारदाता
राजविराज, २० पुस ।
यही पुस २७ गते तय भएको नेपाली काँग्रेस सप्तरीको जिल्ला अधिवेशनको चहलपहल बढेसँगै सभापति पदका आकांक्षी समेत बढ्दै गएका छन् ।
सभापतिका दौडमा आधा दजर्न भन्दा बढी आकांक्षी देखिएका छन् । सभापती पदका लागी देउवा पक्ष मानिएका निर्मला यादव, भगवती प्रसाद यादव, रामप्रसाद मण्डल र शत्रुघन यादवकोे दावेदारी छ भने संस्थापन इतर पक्ष मानिएका रामदेव साह, राम कुमार यादव र रामु यादवले दाबेदारी पेश गरेका छन् ।
सभापती पदमा बढ्दै गएका आकांक्षीहरुलाई मध्य नजर गर्दै सहमती र सर्वसम्मतीबाट नयाँ नेतृत्व चयनको प्रयास समेत थालिएको काँग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिएका छन् ।
यसैबीच नवनिर्वाचित केन्द्रिय सदस्य समेत रहेका काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको संयोजकत्वमा मंगलवार चार सदस्यीय कार्यदल समेत गठन गरिएको छ । गठित कार्यदलमा फत्तेह महमद, डा.सुबोध पोखरेल र भागवत यादव सदस्य छन् । उक्त कार्यदलले सहमतीबाट नयाँ नेतृत्वको चयन गर्ने प्रयास मंगलवारैदेखी शूरु गरेको प्रवक्ता ललनले बताए ।
कार्यदलका संयोजक समेत रहेका केन्द्रिय सदस्य यादवले सभापती पदका लागी धेरै आकाँक्षी देखिएपछि सर्वसम्मतीले नाम टुग्याउन कार्यदलमार्फत काम शूरु गरिसकेको बताए ।
काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत जिल्लामा वडा, गाउ, नगर, प्रदेश र केन्द्रका प्रतिनीधीका लागी भएको निर्वाचनमा देउवा पक्षका बढी निर्वाचित भएका छन् । चार जना क्षेत्रिय सभापती मध्ये पनि एक जनामात्र संस्थापन इतर पक्षका विजयी भएका छन् । हाल सम्मको निर्वाचन परिणामले देखाएको संकेत अनुसार देउवा पक्षनै भारी हुने अनुमान गरिएको छ ।
यद्दपी उक्त पक्षबाट उम्मेदवार को हुने हो भन्ने आधारमा पनि परिणाम हेरफेर हुन सक्ने सम्भावना उतिकै रहेको काँग्रेसी नेता कार्यकर्ताहरुको भनाई छ ।
प्रदेश २ का ८ जिल्लासहित १६ जिल्लामा विवादका कारण जिल्ला अधिवेशन हुन नसकेपछि केन्द्रिय निर्वाचन समितीले ती सबै जिल्लामा पुष २७ गते एकै दिन अधिवेशन गर्ने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ