News Category 2078/09/21
रोजगारीका लागि दुबई गएका सुकदेवको बाकसमा शव आयो

दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
नौं वर्षअघि रोजगारीका लागि दुबई गएका सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका ६ का सुकदेव चौधरीको बुधबार साँझ बाकसमा शव आएको छ ।
४६ वर्षिय चौधरी बैदेशिक रोजगारीका क्रममा ९ वर्ष अघि दुबई पुगेका थिए । एक महिना अघि दुबईमै रहँदा पारालाइसिस भई अस्पताल भर्ना भएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको परिवारजनको भनाई छ ।
उनी कार्यगत कम्पनीले आवश्यक प्रक्रिया पुरा गर्दा गर्दै एक महिना समय लागेको पत्नी ललिताले बताइन् । बुधबार बासकसमा उनको शव आएपछि पत्नी ललिता बेहोस भइन् ।
बीच बीचमा घर समेत आउने गरेका चौधरीको दुई छोरा रहेको छ । उनले जेठो छोराको आउँदो फागुनमा विवाह समेत तय गरिसकेका थिए । विवाहका पैसाको जोहो गरेर छिटै घर फर्किने फोनमा पति चौधरीले आफूलाई सुनाउने गरेको ललिताले रुदै सुनाइन् ।
बैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउने प्रयास गरिरहँदा थुप्रै नेपालीको यसरी नै बिदेशी भूमीमा ज्यान गुमाई बाकसमा समेटिएर आउने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ