News Category 2078/09/22
वेपत्ता उपाध्यायको अवस्था पत्ता लगाईदिन आग्रह
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
राजविराज नगरपालिका वडा नं. ५ का ६५ वर्षिय शम्भुप्रसाद उपाध्याय पुस १७ गते शनिबार बिहान ७ बजेतिर वेपत्ता भएका छन् ।
उनी वेपत्ता भएकै दिन साँझ श्रीमती बिमलाले पतिको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिँदा आजसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन् ।
परिवारजनले राती अबेरसम्म उनी फर्केर नआउदा आफ्नो स्तरबाट पनि खोजतलास सुरु गरे पनि अहिलसम्म उनको अतोपत्तो नलागेको श्रीमती बिमलाले सुनाइन् ।
वडा सदस्य गंगासागर गुप्ताले निजको केही दिनयता मानसिक अवस्था ठिक नरहेको जानकारी आफूहरुलाई प्राप्त भएको बताउँदै यतिका दिन बितिसक्दा पनि उनको अवस्था पत्ता नलाग्नु चिन्ताको विषय भएको बताए ।
पतिको अवस्था पत्ता लगाउने कार्यमा सहयोग गरिदिन संचारकर्मी र अधिकारकर्मीलाई पत्नी बिमलाले आग्रह गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले उपाध्यायको अवस्था पत्ता लगाउन कुनै कसर बाँकी नराखेको र मातहतका सबै प्रहरी कार्यालयमा निजको हुलिया विवरण पठाई खोजतलास तिब्र बनाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ