News Category 2078/09/23
शिव केयर नेपालद्वारा दाताहरु सम्मानित

दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यका साथ नाफारहित स्वार्थका साथ गठन गरिएको एक सामाजिक संस्थाले शुक्रबार संस्थालाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ ।
राजविराज ७ स्थित शिव केयर नेपाल नामक सामाजिक संस्थाले एक कार्यक्रमको आयोजना गरि संस्थालाई विभिन्न स्थानबाट सहयोग गर्ने ६ जना व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष ममताकुमारी यादवको अध्यक्षता तथा पूर्वसभासद् सूर्यनाथ यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्थालाई सहयोग गर्ने मन्जुकुमारी यादव, उषाकुमारी यादव, उर्मिलाकुमारी यादव, बिलासकुमारी यादव, रामउद्गार साह र रुबीकुमारी यादवलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रमुख अतिथि, अध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिथि पर्शुराम यादव र महेश यादवले सम्मान गरेका थिए ।
गरिब, दलित तथा विपन्न समुदायका बालबालिकाहरुलाई संस्थाले निस्वार्थ भावनाले शिक्षादिक्षामा सहयोग गरिरहेकोले आर्थिक सहयोग गरेको सम्मानित रुबीकुमारी यादवले बताइन् । उनले आगामी दिनहरुमा संस्थाले जिल्लाका विपन्न समुदायका बालबालिकाहरुलाई निशुल्क उच्च शिक्षाका लागि सहयोग गर्ने लक्ष्य राखेकोले आवश्यक परे पुनः थपसहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् । सो अवसरमा संस्थाका सम्पूर्ण पदाधिकारी, समाजसेवी तथा दाताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ