News Category 2078/09/23
अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ
दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
नेकपा एमालेका सचिव एवं प्रदेश २ का इन्चार्ज रघुबिर महासेठले अदालतको परमादेश र अपवित्र गठबन्धनबाट बनेको सरकारमाथी जनताको विश्वास नरहेको बताएका छन् ।
पार्टीको ९ औं सप्तरी जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार राजविराजस्थित राजरंगशालामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रमुअ अतिथिको आसन्नबाट बोल्दै उनले वर्तमान सरकार अपवित्र गठबन्धनबाट निर्माण भएको भन्दै यसबाट मुलुकको समस्या समाधान नहुने समेत दाबी गरे ।
उनले भने, “अहिले पनि नेकपा एमाले संसदमा सबैभन्दा ठूलो पार्टी रहेको छ, मुलुकको समस्या समाधानका लागि नेकपा एमाले मात्र सक्षम छ ।”
साना दलहरुले स्वार्थबस गठबन्धन गरि बनाएको सरकारबाट समस्या समाधान हुन नसक्ने ठोकुवा गर्दै उनले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कम्युनिष्ट आन्दोलन बिरोधीको संज्ञा दिए ।
जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित अधिवशेन उद्घाटन समारोहमा एमाले प्रदेश २ का सहइन्चार्ज एवं स्थायी कमिटि सदस्य प्रभु साह, पार्टीका पोलिटबयूरो एवं राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश २ का सहइन्चार्ज लिलानाथ श्रष्ेठ, प्रदेश सभासदस्य सत्यनारायण मण्डल, केन्द्रिय सदस्य ज्वाला साह, केन्द्रिय सदस्य एवं सप्तरी इन्चार्ज दिवाकर देवकोटा, केन्द्रिय सदस्य एवं सप्तरी सहइन्चार्ज राजकुमार लेखी, केन्द्रिय सदस्य एवं सप्तरी सहइन्चार्ज सरिता गिरीलगायतले पनि सम्बोधन गरेका थिए ।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका ५ सय १७ जना नवप्रवेशीलाई प्रमुख अतिथि महासेठले फुलमाला र अविर लगाई स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ