News Category 2078/09/25
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई सम्मान एवं अभिनन्दन

दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
नेपाली काँग्रेस सप्तरीले आईतवार एक कार्यक्रमबीच प्रदेश २ र केन्द्रको अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य पदमा निर्वाचित दिनेश यादव, रमेश रिजाल र प्रदेश २ अधिवेशनबाट निर्वाचित प्रदेश सभापती कृष्णा यादव, महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, सहमहामन्त्री परशुराम चौधरी र विन्दु यादवलाई अभिनन्दन गरिएको हो ।
प्रदेश २ का सभापती कृष्णा यादवले आफु सबैको सभापती बनेर काम गर्न चाहेको र सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । पार्टीलाई एकताबद्ध बनाउन र अगामी निर्वाचनमा प्रदेश २ मा काँग्रेसलाई सम्मानजनक अवस्थामा पु¥याउन आफुलागी परेको बताउँदै उनले यस कार्यमा सबैले निवास्र्थ भई सघाउन आग्रह पनि गरे ।
आयोजित कार्यक्रममा सहभागि नेता÷कार्यकर्ताहरुले पार्टीको आन्तरिक विवाद समाधान गरी सन्तुलन बनाएर अघि बढे काँग्रेसले आगामी निर्वाचनमा उत्साहजनक सफलता प्राप्त गर्ने सुझाव दिएका छन् ।
कार्यक्रमका सहभागि सबै नेता कार्यकर्ताले गुट उपगुटका कारण विगतको निर्वाचनमा पार्टीले पराजयको पीडा सहनु परेको बताउँदै अगामी दिनमा गुट उपगुटको राजनीती अन्त्य हुनुपर्ने बताए । आन्तरिक विवाद समाधान गरी सन्तुलन बनाएर अघि बढ्नु पर्नेमा उनीहरुको जोड थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ