News Category 2078/09/26
किसानहरुको मागप्रति तिलाठी कोइलाडीको ऐक्यबद्धता
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले ११ सुत्रिय माग राखी आन्दोलनरत तिलाठी कोइलाडी गाउँपालिकाको किसान आन्दोलन संघर्ष समितिको माग प्रति ऐक्यबद्धता जनाएका छन् ।
सोमबार एक विज्ञप्ति जारि गर्दै अध्यक्ष सिंहले किसानहरुको उचित मागहरु अबिलम्ब पूरा गर्न संघीय तथा प्रदेश सरकारसँग आग्रह गरेका छन् ।
जारि विज्ञप्तिमा भनिएको छ, “देशमा खाद्यान्न आपूर्ति गर्ने प्रमुख वर्ग किसान अहिलेको अवस्थामा चौतर्फी मारमा परेका छन् । एकातिर समयमा मलखाद, बीऊबिजन नपाइरहेको अवस्था छ भने अर्कोतिर उब्जाइएका फसलको उचित मूल्य समेत नपाइरहेको अवस्था विद्यमान छ ।”
विज्ञप्ति मार्फत तिलाठी कोइलाडी गाउँपालिकाले गत असारमा सम्पन्न पाँचौं गाउँ सभाबाट किसानको खेतबारीमा रहेको कृषि मिटरको न्युनतम महसुल गाउँपालिकाले तिर्ने र सो को लागि सेवाप्रदायक संस्था खल्तीसँग सम्झौता समेत भईसकेको जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ