News Category 2078/09/26
पक्राउ परेका जनमतका ६ जना नेता कार्यकर्ता रिहा
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
किसान आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टी सप्तरीका ६ जना नेता कार्यकर्ता सोमबार रिहा भएका छन् ।
सार्वजनिक शान्तिबिरुद्धको कसुरमा पक्राउ परेका जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर प्रसाद साह, कंचनरुप नगरपालिकाका अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ अध्यक्ष सुरेन्द्र मण्डल, नेता योगानन्द साह र महिनारायण साह रिहा भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले सोमबार जनही ५÷५ सय धरौटी लिई उनीहरुलाई रिहा गरेको जनमत पार्टी सप्तरीका सचिव थानेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।
पुस १६ गते शुक्रबार किसान आन्दोलनका क्रममा राजमार्ग अवरुद्ध गर्न खोज्दा जिल्लाको भारदह, कंचनपुर लगायतका स्थानबाट उनीहरु पक्राउ परेका थिए । प्रदर्शन कै क्रममा पक्राउ परेका उनीहरुमाथी प्रहरीले सार्वजनिक शान्तिबिरुद्धको कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट सात दिने म्याद थप गराई हिरासतमा राखेको थियो ।
किसानहरुको समस्या समाधान तथा आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाईको माग गर्दै जनमत पार्टीले दिनहुँ प्रदर्शन गरिरहेको बेला उनीहरु थुना मुक्त भएपछि सोमबार नै जनमत पार्टीले खुशीयाली मनाउँदै नगर क्षेत्रमा जुलुस निकालेका छन् ।
उनीहरुले किसानहरुको जायज माग सम्बोधन नभएसम्म आन्दोलन जारि रहने बताएका छन् । पुस १४ गतेदेखी जनमतका नेता कार्यकर्ताहरुले किसानको माग सम्बोधनका लागि उच्चस्तरिय समिति गठन गर्नलगायतको ११ बुँदे माँग गर्दै राजमार्ग केन्द्रित आन्दोलनको थालनी गरेका हुन् ।
किसानहरुका लागि मलखाद र बिउको व्यवस्था, सिंचाईको ब्यवस्था, निशुल्क बिजुली, हावाहुरी र वर्षाले भएको बालिनालीको क्षति वापत राहत, बालीको उचित समर्थन मुल्य निर्धारण तथा उखु किसानको भुक्तानी गर्न पार्टीले माग गरेको छ ।
यस्तै किसानका लागि कार्डको व्यवस्था, पेन्सनको व्यवस्था, बालिनालीको बिमा, तथा किसानहरुमाथी गरिएको दमन, झुठा मुद्दा खारेज लगायत आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाईको माग समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ