News Category 2078/09/26

सहिद परिवारलाई तीन लाख दिइने 

दैनिक समाचारदाता

सहिद परिवारलाई तीन लाख दिइने 

दैनिक समाचारदाता
राजविराज, २६ पुस ।    
    प्रदेश २ का अर्थमन्त्री एवं सरकारका प्रवक्ता शैलेन्द्र प्रसाद साहले आगामी माघ ५ गते बलिदानी दिवस यस पल्ट सप्तरीमा आयोजना गर्ने जानकारी दिएका छन् । 
    नेपाल पत्रकार महासंघ सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित २८ औं लोकेन्द्र स्मृती दिवसको अवसरमा मन्त्री साहले उक्त जानकारी दिएका हुन् । 
    यस पटक प्रदेश सरकारले सप्तरीमा मनाउने बलिदानी दिवसमा मधेश आन्दोलनका क्रममा ५७ सहिद परिवारलाई तीन लाखका दरले आर्थिक सहयोग गरिने उनले जानकारी दिए ।
    उनले घाइते भएकाहरुलाई समेत अवस्था र आवश्यकता अनुसार २५ हजारदेखी ३ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट