News Category 2078/09/30
जनमतको बृहत प्रदर्शन एवं महा¥याली
दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
किसानहरुको समस्या समाधान गर्न लगायत १२ बुँदे मागसहित आन्दोलनरत जनमत पार्टीले शुक्रबार राजविराजमा बृहत प्रदर्शनसहित महा¥याली निकालेको छ ।
राजविराजस्थित राजरंगशालमा गाउँ गाउँबाट हलो, कोदालो, मलको खाली बोरा, कृषि सम्बन्धी घरेलु सामाग्रिसहित हजारौंको संख्यामा आएका पार्टीका कार्यकर्ता तथा किसानहरुको सहभागितामा महा¥यालीको आयोजना गरिएको हो ।
¥यालीका सहभागिहरुले विभिन्न नारा लगाउँदै नगर परिक्रमा गरेका थिए । नगर परिक्रमा पश्चात् गजेन्द्र चौकमा पुगेर आयोजित सभालाई जनमत पार्टीका केन्द्रिय उपमहासचिव इन्द्रजित यादव, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव, केन्द्रिय सदस्य सुरेन्द्र मधेशी, जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर साह लगायतले सम्बोधन गर्दै किसानहरुको माग पुरा नगरिए अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले आफ्ना कार्यकर्तालाई झुठा मुद्दा लगाएर कारवाही चलाएको भन्दै त्यस्तो मुद्दा अविलम्ब फिर्ता लिन माग समेत गरेका छन् । किसानलाई परिचयपत्र बनाई पेन्सनको व्यवस्था, कालिनाली विमाको सुनिश्चितता, समयमै मलखाद, विउविजनको व्यवस्था, किसानको समस्या समाधान गर्न उच्चस्तरिय समितिको गठन, प्रहरीले पक्राउ गरेका आन्दोलनकारीहरुको रिहाई लगायतका माग उनीहरुले अघि सारेका छन् ।
¥याली अघि पार्टीका नेताहरुले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई किसानहरुसँग सम्बन्धीत माग पुरा गराउन ज्ञापनपत्र समेत बुझाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ