News Category 2078/10/04
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
सप्तरी जिल्लामा मंगलबार एकै दिन ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । अघिल्लो दिनसम्म संक्रिय संक्रमितको संख्या ४० रहेकोमा मंगलबार एकै दिन ६५ जना संक्रमित थपिएपछि संक्रिय संक्रमितको संख्या १ सय ५ पुगेको छ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ७५ जनाको पिसिआर परिक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
संक्रमित हुनेहरुमा ५६ जना सुरक्षाकर्मी छन् । राजविराजस्थित २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजका ५६ जना सुरक्षाकर्मी कोरोना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यस्तै सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुर राजविराज इजलाशका चार जना न्यायाधिश र दुई जना कर्मचारीसमेत संक्रमित भएको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कका अनुसार बिहीबार ५, शुक्रबार ७, शनिबार ८, आइतबार ९, सोमबार ११ र मंगलबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक संक्रमण पुष्टि भएकाहरुमा ५६ जना सुरक्षाकर्मी जिल्ला र उच्च अदालतका चार जना न्ययाधिश, तिलाठी कोइलाडी गाउँपालिकाका २ र राजविराज नगरपालिका तथा रुपनी गाउँपालिकाका १÷१ जना छन् । एक जना बाहेक सबै संक्रमित अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा होमआइशोलेसनमा रहेका छन् ।
संक्रमित एक महिलाको मृत्यु
सप्तरीमा कोरोना संक्रमित एक महिलाको सोमबार राती मृत्यु भएको छ ।
जिल्लाको रुपनी गाउँपालिका १ की ७५ वर्षिया चमेली साहको गजेन्द्र नारायण सिंह अस्पतालमा सोमबार राती मृत्यु भएको हो ।
दुई दिनअघि उपचारका लागि भर्ना भएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि आइशोलेसनमा राखी उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा सोमबार मध्यरातमा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ