News Category 2078/10/05
सहिदको सपना साकार भयो ः मुख्यमन्त्री राउत, मधेश प्रदेशद्वारा ५९ सहिद परिवारलाई तीन÷तीन लाख
दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेश नामाकरणले सहिदको सपना साकार भएको बताएका छन् ।
मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा बुधबार राजविराजमा आयोजित चौथो बलिदानी दिवसको अवसरमा उनले सो कुरा बताएका हुन् ।
आन्तरिक मामिला तथा संचार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश प्रदेशको स्थापना सहिदहरुको सपना रहेकाले आज त्यो सपना साकार भएको जिकिर गरे ।
उनले केन्द्र सरकार अहिले पनि प्रदेश सरकारलाई स्वायक्ता र अधिकार दिन नचाहिरहेको आरोप लगाउँदै मधेश प्रदेशको प्रहरी ऐन तयार रहेपनि प्रहरी समायोजना हुन नसकेको गुनासो गरे ।
यस्तै निजामति ऐन समेत आफूहरुले तयार गरेर राखेको भएपनि केन्द्र सरकारले कर्मचारी समायोजन गर्न नचाहिरहेकोले यस विषयलाई लिएर आफूहरु अदालतमा पुगेको र छिट्टै न्याय पाउने उनले विश्वास समेत व्यक्त गरे ।
मधेश आन्दोलन तथा अन्य आन्दोलनमा प्राणको आहुती दिने सहिदहरुको सम्मान र सम्मझनामा मधेश प्रदेशको पाँच जिल्लामा सहिद पार्क तथा सहिदहरुको प्रतिमा स्थापना गर्ने र यसका लागि आन्तरिक मामिला तथा संचार मन्त्रालयले मधेशी सहिद प्रतिष्ठान मार्फत आवश्यक काम अघि बढाएको उनले जानकारी समेत दिए ।
त्यस्तै सहिद परिवारका लागि मधेश प्रदेशले रोजगारीको व्यवस्था गरेको तथा रोजगारी नपाएका परिवारजनलाई मासिक रुपमा २२ हजार रुँपैया उपलब्ध गराउनेतर्फ कार्य सुरु गरिसकेको बताए ।
कार्यक्रममा मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ५९ जना सहिद परिवारलाई मधेश प्रदेश सरकारको तर्फबाट जनही ३÷३ लाख रुँपैया तथा घाइतेहरुको उपचारका लागि २५ देखी ३ लाखको चेक प्रदान गरिएको थियो ।
आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहको अध्यक्षतमा आयोजित समारोहमा संघीय सांसद चन्द्रकान्त चौधरी, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु यादव, मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेशसभा सदस्य मनिषकुमार सुमन, गिता यादव, विक्की यादव, नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश यादव, जसपाका जिल्ला अध्यक्ष केदार यादव, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेश कुमार यादव, लोसपाका जिल्ला अध्यक्ष सुनिलकुमार झा, नेकपा एकिकृत समाजवादीका प्रताप नारायण चौधरी, मधेशी सहिद प्रतिष्ठानका सदस्य रामनरेश राय, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवलगायतले पनि शुभकामना दिँदै सहिदहरुप्रंति सम्मान र श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
२०६३ माघ ५ गतेका दिन सिरहाको लहानमा पहिलो मधेश आन्दोलनका क्रममा रमेश महतोले सहादत प्राप्त गरेपछि माघ ५ गतेलाई विभिनन चरणका मधेश आन्दोलनमा सहादत प्राप्त गर्नेहरु समेतको स्मरणमा बलिदानी दिवस मनाउने गरिएको हो । यस दिन प्रदेश सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ