News Category 2078/10/06
राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धकसहित १४ कर्मचारी संक्रमित

दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाका प्रबन्धकसहित १४ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । १६ मध्ये १४ जना कर्मचारी संक्रमित हुँदा बैंकको सबै कारोबार समेत बन्द भएको छ ।
पछिल्लो पटक बिहीबार मात्र ३० जना संक्रमित थपिएपछि जिल्लामा विगत ९ दिन यता संक्रमित हुनेको संख्या १ सय ५४ पुगेको छ ।
यता कर्मचारीमा कोरोना संक्रमण भएपछि शाखाले बिहीबार आकस्मिक रुपमा माघ १० गतेसम्मका लागि सम्पूर्ण कारोबार बन्द गरिएको सूचना टाँस गरेको छ ।
पछल्लो पटक बिहीबार संक्रमित हुने ३० जना मध्ये १६ जना एउटै वडा राजविराज नगरपालिका ८ का छन् । अन्य संक्रमितहरु राजविराज नगरपालिकाको विभिन्न वडा, रुपनी गाउँपालिका, कंचनरुप नगरपालिका र अन्य जिल्लाको रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बिहीबारसम्ममा सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुर राजविराज इजलाशका सात जना न्यायाधिश र तीन कर्मचारी, प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराज सम्पर्क कार्यालयका ५६ जना सुरक्षाकर्मी पनि संक्रमित भइसकेका छन् ।
सप्तरीमा विगत पाँच दिनदेखी लगातारको शितलहरले जनजिवन थप कष्टकर बन्दै गएको छ भने कोरोना संक्रमण पनि तिब्र बन्दै गएको छ ।
चिसो हावा निरन्तर चलिरहँदा जनजिवन कष्टकर बनेको छ । सेवाग्राहीको आवागमन बढी हुने कार्यालयमा संक्रमित हुनेको संख्या बढ्दै गएपछि सन्त्रास बढेको छ । शितलहर बढेपछि जिल्लाको सहरी तथा ग्रामिण क्षेत्रका बासिन्दा बजार र टोलमा दाउरा बालेर आगो ताप्ने गरेको दृश्य देखिने गरिएको छ ।
चिसो बढेसँगै तापक्रम घट्ने क्रम निरन्तर जारि छ । बिहीबार साँझ ४ बजे राजविराजको तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको राजविराज विमानस्थलस्थित बुद्ध एयरका स्टेशन म्यानेजर अनिल राजवंशीले जानकारी दिदै चिसो ह्वातै बढ्दा यात्रुको चाप समेत घटेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ