News Category 2078/10/07
लागु औषधसहित तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
प्रतिबन्धित लागु औषधसहित सप्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको तिरहुत गाउँपालिका ५ का २७ वर्षिय राजकुमार मेहता, सोही वडाका १९ वर्षिय सिन्दु सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ का २५ वर्षिय बैजु साह छन् ।
भारतबाट अवैध रुपमा ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध डाइलेक्स डिसि एक सय एमएल १ सय ९० बोतल, डाइजेपाम २ एमएलको सुई, फेनारगन २ एमएलको सुई र लेजेसिक २ एमएलको सुई ९५÷९५ का दरले बरामद गरेको प्रहरी उपरिक्षक अविनारायण काफ्लेले जानकारी दिएका छन् ।
सो क्रममा प्रहरी उपरिक्षक काफ्लेले जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरहीस्थित पूर्वपश्चिम कोशी कनाल पम्प नहरको बाटोमा चेकजाच गर्ने क्रममा उनीहरु पक्राउ परेको जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को.२३प. २७७३ नम्बरको मोटरसाइकलमा चढेका उनीहरु बारे शंका लागि चेकजाच गर्दा प्रतिबन्धित लागुऔषध बरामद गरिएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।
पक्राउ परेका सबैलाई शुक्रबार नै सप्तरी जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थपि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
- 2082/12/18 आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ