News Category 2078/10/10
स्व. गजेन्द्र नारायण सिंहको सम्झनामा विभिन्न कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
मधेशवादका प्रणेताका रुपमा मानिएका स्व. गजेन्द्र नारायण सिंहको २० औं स्मृति दिवसको अवसरमा सोमबार राजविराजमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व समेत गरेका नेता सिंहको राजनीतिक योगदानको स्मरण गर्दै स्मृति दिवस मनाइएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र सप्तरीले शालिकमा माल्यार्पण, बिरामीलाई फलफुल बितरण तथा अन्तरक्रिया कार्यक्रम गरि स्मृति दिवस मनाएको छ ।
सो अवसरमा गजेन्द्र नारायण सिंह अस्पताल हाताभित्र संचालित पोषण पुनंस्र्थापना केन्द्रका बिरामीहरुलाई फलफुल बितरण, गजेन्द्र चौक र अन्य स्थानमा रहेको स्व. सिंहको शालिकमा माल्यार्पण तथा गजेन्द्र नारायण अध्ययन केन्द्रमा अन्तरक्रिया लगायतको कार्यक्रम आयोजना गरिएको छ ।
गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा लोसपा नेता जयप्रकाश ठाकुर, शैलेश चौधरी, दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, बिनोद सिंह, मनोज झा, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, मधेशी निजामति कर्मचारी आधिकारिक टे«ड युनियनका अध्यक्ष अजय झा, अध्ययन केन्द्रका सदस्य चन्द यादव लगायतले मधेश अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका स्व. सिंहको राजनीतिक योगदानको स्मरण गरेका थिए ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका घर भएका सिंहले २०४७ सालमा सद्भावना परिषद् हुँदै नेपाल सद्भावना पार्टीको गठन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ