News Category 2078/10/13
उद्योग व्यवसायीको विकासका लागि लगानीमैत्री नीति र वातावरण आवश्यक ः मुख्यमन्त्री राउत
दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योग व्यवसायीको विकासका लागि लगानीमैत्री नीति र वातावरण आवश्यक रहेको बताएका छन् ।
सप्तरी उद्योग बाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण समारोहमा बिहीबार राजविराजमा बोल्दै उनले मुलुकको समृद्धि सँगसँगै उद्योग व्यवसायीको विकासका लागि नीजि क्षेत्रको पनि अहम भूमिका रहेको बताए ।
प्रदेश सरकारको तर्फबाट नीजि क्षेत्रका उद्योगि व्यवसायीको आकर्षणका लागि लिजमा जग्गा उपलब्ध गराउने विषय ऐनमा समावेश गरिने बताउदै उनले स्थापना भएका उद्योग क्षेत्रलाई “नो स्ट्राइक जोन” घोषणाका साथै सुरक्षा व्यवस्थाका र विद्युतमा सहुलियत दिने कुरा ऐनमा समावेश गरिने उल्लेख गरे ।
मुख्यमन्त्री राउतले विभिन्न कठिनाई पश्चात् प्रदेशको उद्योग ऐन ल्याइसकिएको र अब छिट्टै सो सम्बन्धमा नियमावली पनि पारित गर्ने जानकारी दिए ।
कार्यक्रममा मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले आगामी दिनमा प्रदेश सरकारद्वारा स्वदेशमै आर्गेनिक मलको उत्पादन गर्ने तयारी समेत अघि बढेको जानकारी दिए । उनले उत्पादित मल किसानलाई ५० देखी ७५ प्रतिशतसम्म अनुदानमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।
निजि क्षेत्रलाई प्रोत्साहन गर्न प्रदेश सरकारले छिट्टै लगानी मैत्री सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिँदै अर्थमन्त्री साहले त्यसबाट प्रदेशमा उद्योग व्यवसायलाई फस्टाउने विभिन्न योजना तयार गरिने बताए ।
निवर्तमान अध्यक्ष अरुण प्रधान र नवनिर्वाचित अध्यक्ष लालु प्रसाद अग्रवालको पालैपालो अध्यक्षमा आयोजित समारोहमा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य गजेन्द्र भगत, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष मनोज मुन्धडा, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, झापाका उद्योगि मोहन मित्तल, जसपा सप्तरीका अध्यक्ष केदार यादव लगायतले पनि शुभकामना दिँदै उद्योगि व्यवसायीहरुले भोग्नु परिरहेको समस्या र तीनको समाधान बारे आ–आफ्नो सुझाव दिएका थिए ।
सोही कार्यक्रममा मुख्यमन्त्री राउतले अन्तर्राष्ट्रिय खेलाडी उमेश कुमार यादव, होटल व्यवसायी सम्पत कोइलारा र पत्रकार बैजनाथ झालाई कदरपत्रसहित सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ