News Category 2078/10/19
व्यवस्थापन समितिको निर्वाचन नगराएको भन्दै अनिश्चितकालिन अनसन जारि
दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
विद्यालय व्यवस्थापन समितिको निर्वाचन गराएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ महुकी पत्थरगाडास्थित एसएलपी माध्यमिक विद्यालयका अभिभावकहरुले बुधबार पनि रिले अनसनलाई निरन्तरता दिएका छन् ।
विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकेको दुई वर्षभन्दा बढी भइसक्दा पनि निर्वाचन नगराएको भन्दै उनीहरु मंगलबारदेखी अनिश्चितकालिन रिले अनसनमा बसेका हुन् ।
बुधबार सिता देवी मंडल, सियाराम यादव, बिरेन्द्र दास, असोक सदा र भुटाइ मंडल रिले अनसनमा बसेका छन् । उनीहरुले चुनावको मिति घोषणा नगरेसम्म रिले अनसनलाई निरन्तरता दिने अडान लिएका छन् ।
सो विद्यालयमा २०७३ सालमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको थियो । तीन वर्षे कार्यकाल रहेपनि पाँच वर्ष बित्न लाग्दा पनि निर्वाचन गर्न आलटाल गरेको स्थानिय अभिभावकको आरोप छ ।
यसअघि पटक पटक भएको अभिभावक भेलाबाट समयमै सहमतिबाट नभए निर्वाचन प्रक्रियाबाट व्यवस्थापन समिति गठन गर्नु पर्ने समझदारी भएपनि कार्यान्वयन हुन नसक्दा बाध्य भई अनिश्चितकालिन रिले अनसन सुरु गरेको स्थानिय अभिभावकहरुको भनाई छ । विद्यालय प्रशासन र नगरपालिका समेत निर्वाचन गराउन उदासिन रहेको उनीहरुको आरोप छ ।
यता विद्यालयका प्रधानाध्यापक देवु यादवले कोरोनाका कारण विद्यालय व्यवस्थापन समितिको निर्वाचन समयमै गराउन नसकिएको बताए । विगत लामो समयदेखी कोरोनाको प्रभावका कारण पटक पटक विद्यालय बन्द गर्नु परेको अवस्थामा कोरोनाको जोखिम कम हुने बितिक्कै नगरपालिका, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, विद्यालय निरिक्षक र स्थानिय प्रशासनसँग अनुमति लिई छिट्टै निर्वाचन सम्पन्न गर्ने आफ्नो योजना रहेको सुनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ