News Category 2078/10/19
व्यवस्थापन समितिको निर्वाचन नगराएको भन्दै अनिश्चितकालिन अनसन जारि

दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
विद्यालय व्यवस्थापन समितिको निर्वाचन गराएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ महुकी पत्थरगाडास्थित एसएलपी माध्यमिक विद्यालयका अभिभावकहरुले बुधबार पनि रिले अनसनलाई निरन्तरता दिएका छन् ।
विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकेको दुई वर्षभन्दा बढी भइसक्दा पनि निर्वाचन नगराएको भन्दै उनीहरु मंगलबारदेखी अनिश्चितकालिन रिले अनसनमा बसेका हुन् ।
बुधबार सिता देवी मंडल, सियाराम यादव, बिरेन्द्र दास, असोक सदा र भुटाइ मंडल रिले अनसनमा बसेका छन् । उनीहरुले चुनावको मिति घोषणा नगरेसम्म रिले अनसनलाई निरन्तरता दिने अडान लिएका छन् ।
सो विद्यालयमा २०७३ सालमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको थियो । तीन वर्षे कार्यकाल रहेपनि पाँच वर्ष बित्न लाग्दा पनि निर्वाचन गर्न आलटाल गरेको स्थानिय अभिभावकको आरोप छ ।
यसअघि पटक पटक भएको अभिभावक भेलाबाट समयमै सहमतिबाट नभए निर्वाचन प्रक्रियाबाट व्यवस्थापन समिति गठन गर्नु पर्ने समझदारी भएपनि कार्यान्वयन हुन नसक्दा बाध्य भई अनिश्चितकालिन रिले अनसन सुरु गरेको स्थानिय अभिभावकहरुको भनाई छ । विद्यालय प्रशासन र नगरपालिका समेत निर्वाचन गराउन उदासिन रहेको उनीहरुको आरोप छ ।
यता विद्यालयका प्रधानाध्यापक देवु यादवले कोरोनाका कारण विद्यालय व्यवस्थापन समितिको निर्वाचन समयमै गराउन नसकिएको बताए । विगत लामो समयदेखी कोरोनाको प्रभावका कारण पटक पटक विद्यालय बन्द गर्नु परेको अवस्थामा कोरोनाको जोखिम कम हुने बितिक्कै नगरपालिका, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, विद्यालय निरिक्षक र स्थानिय प्रशासनसँग अनुमति लिई छिट्टै निर्वाचन सम्पन्न गर्ने आफ्नो योजना रहेको सुनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ