News Category 2078/10/19
विद्यालयको राम्रै भवन भत्काएर सोही ठाउँमा अर्को भवन बनाइदै, भवन निर्माण बारे कुनै जानकारी छैन् ः गापा अध्यक्ष यादव

दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
सप्तरीको महादेवा गाउँपालिका १ स्थित नर बहादुर थापा जनता माध्यमिक विद्यालय पकरी गोठ सोनराको राम्रै अवस्थामा रहेको दुई कोठे भवन भत्काई नयाँ भवन निर्माण भइरहेको छ ।
केही वर्ष अघि मात्र आर.आर.एन.को सहयोगमा ८ लाखको लागतमा निर्माण भएको उक्त दुई कोठे भवनलाई भत्काएर सोही ठाउँमा मधेस सरकारको ५० लाखको लागतमा नयाँ भवन निर्माण गर्न लागिएको हो ।
स्थानिय सरकारको क्षेत्राधिकार भित्र सरकारी तथा गैरसरकारी कुनै किसिमको निर्माण कार्य सार्वजनिक खरीद ऐन र नियमावलीको अधिन भित्र गर्नु पर्ने प्रावधानलाई वेवास्था गर्दै विद्यालयका प्रधानाध्यापक प्रदिपकुमार चौधरी र विद्यालय Þव्यवस्थापन Þसमितिले अटेर गरेको स्थानियको आरोप छ ।
गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवसँगं यस विषयमा बुभ्mदा आफुलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । यस्तै गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादवले पुरानो भवन भत्काएर नयाँ भवन निर्माण कार्य अगाडी बढाउँदा समेत गाउँपालिकालाई कुनै किसिमको जानकारी नभएको बताएका छन ।
विद्यालयको भवन भत्काउन सार्वजनिक खरीद ऐन र नियमावली विपरित प्रधानाध्यापक ,विद्यालय व्यवस्थापन समितिले जथाभावी मोनोपोली गरेको भन्दै स्थानिय विधानन्द यादव, विनोद यादव, अरुण यादव, शंकर सदा, प्रमेश्वर सदा, अरुण महतो, राधेश्याम यादव, पत्रकार देवराम यादव, राम गति यादव, रमेश यादव, छेदी यादव, विन्देश्वर यादव, अरुण यादव (पकरी), पंकज यादव, राम कुमार यादव, देवराम यादव, मोÞफिरयाद, मोÞ ईस्माइल, श्रवण यादवलगायतका ब्यक्तीहरु गापा अध्यक्ष दिपक कुमार यादव डेलिगेशन समेत गएका छन् ।
सोही डेलिगेशनकै क्रममा सव ईन्जिनियर रविन्द्र कुमार मण्डलले भत्काइएको उक्त भवन राम्रै अवस्थामा रहेकोले भवन भत्काउनुको कुनै औचित्य नरहेको जानकारी दिए ।
आर.आर.एन.को सहयोगमा निर्माण भएको दुई कोठे भवन राम्रो अवस्थामा रहेको र लामो समयसम्म पठन पाठन गर्न योग्य रहेको जनाउँदै स्थानीय केही व्यक्तिहरुले राजनीतिक आडमा सो भवन भत्काइ नया भवन निर्माण गर्न लागेको स्थानिय विद्यानन्द यादवले बताए ।
यति मात्र नभएर उपभोक्ता समितिका अध्यक्ष हरि नारायण यादव, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सन्तोष यादव, इन्द्रदेव यादव, जोगेन्द्र यादवलगायतले जथाभावी भवन भत्काउनुको साथै विभिन्न जातका रुख समेत कटान गरेको स्थानियहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ