News Category 2078/10/20
माग पुरा नभए आमरण अनसनमा बस्ने अनसनकारीको घोषणा

दैनिक समाचारदाता
राजविराज, २० माघ ।
व्यवस्थापन समितिको चुनाव नगराएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडास्थित एसएलपी माध्यमिक विद्यालयका अभिभावकहरु तीन दिनदेखी अनसनमा बसेका छन् । बिहीबार लगातार तेश्रो दिन पनि अनसनलाई निरन्तरता दिएका उनीहरुले माग पुरा नभए आमरण अनसनमा बस्ने घोषणा समेत गरेका छन् । बिहीबारको अनसनमा स्थानिय अभिभावक महेश्वर प्रसाद महतो, सियाराम यादव, प्रमेश्वर मण्डल, बिरेन्द्र दास, जयलाल यादव लगायत बसेका छन् ।
२०७३ सालमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएपनि पाँच वर्ष बित्न लाग्दा समेत निर्वाचन गर्न आलटाल गरेको स्थानिय अभिभावकको आरोप छ । उनीहरुले व्यवस्थापन समिति गठन नहुँदा विद्यालयका सयौं विद्यार्थी प्रदेश तथा संघीय सरकारबाट पाउने विभिन्न सेवा सुविधाबाट बञ्चित हुने गरेको गुनासो समेत गरेका छन् ।
स्थानिय अभिभावक रामचन्द्र महेताले व्यवस्थापन समिति गठन नभएकै कारण प्रदेश सरकारबाट बेटी पढाउ बेटी बचाऊ अभियान अन्तरगत छोरीहरुले पाउने साइकल लगायतका अन्य सुविधा पाउन नसकेको गुनासो गरे ।
यसअघि पटक पटक भएको अभिभावक भेलाबाट समयमै सहमतिबाट नभए निर्वाचन प्रक्रियाबाट व्यवस्थापन समिति गठन गर्नु पर्ने समझदारी भएपनि कार्यान्वयन हुन नसक्दा बाध्य भई अनिश्चितकालिन रिले अनसन सुरु गरेको र अविलम्ब माग पुरा नगरिए आमरण अनसनमा बस्ने तयारी गरिएको अर्का अभिभावक महेश्वर प्रसाद महतोले बताए ।
विद्यालय प्रशासन र नगरपालिका समेत निर्वाचन गराउन उदासिन रहेको अभिभावकहरुको आरोप छ । विद्यालयका प्रधानाध्यापक देवु यादवले कोरोनाका कारण विद्यालय व्यवस्थापन समितिको निर्वाचन समयमै गराउन नसकिएको लाचारी व्यक्त गरे.का छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ