News Category 2078/10/24
गाई÷भैंसी पालनमा युवाहरूलाई आकर्षित गराउनुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
पशुपालन ब्यवसायमा स्थानिय युवाहरूलाई सक्रियता गराउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन ।
सोमवार राजबिराज नगरपालिका पशुपंक्षी बिकास शाखा सप्तरीद्वारा तीन दिने गाई÷भैंसी पालन सम्बन्धी तालिममा आयोजित कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
उक्त अवसरमा राजबिराज नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा संयोजक भोगेन्द्र यादबले ग्रामिण जीवनको महत्वपुर्ण आधार तथा बहुसंख्यक कृषकको आम्दानीको श्रोत भएकोले भैंसी र गाई पालन ब्यवसायमा युवाहरूलाई आकर्षित गर्नुपर्ने बताए ।
भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र प्रमुख प्रभाष झाले भैसीपालनबाट फाईदा लिन भैसीपालन क्षेत्रहरूको जस्तै पशुको स्वास्थ, पशु आहार, नश्ल सुधार, उत्पादनको बजार ब्यबस्थापन जस्ता क्षेत्रमा ध्यान दिनु पर्ने बताए ।
राजबिराज नगरपालिका पशु बिकास अधिकृत प्रमेश्वर यादबले तालिमलाई सीपको रूपमा प्रयोगमा लिनुपर्नेमा जोड दिए । उनले तालिमबाट प्रत्यक्ष फाईदा हुने भएकोले सीप सिकेर भैंसी र गाई पालन गर्नमा ठुलो सहयोग पुग्ने भएकोले पशु पालनलाई ब्यवहारमा लागु गर्नुपर्ने बताए ।
राजबिराज पशु पंक्षी बिकास शाखा प्रमुख अमरेन्द्र कुमार झाको अध्यक्षतामा आयोजित उदघाटन सत्रमा राजबिराज नगरपालिका स्वास्थ शाखा प्रमुख निरन्जन यादब, नेपाल पत्रकार महासंघ सहसचिव चन्दनकुमार यादब, संचारकर्मी शुभनारायण यादब लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
माघ २४ देखि २६ गते सम्म संचालन हुने तालिममा राजबिराज नगरको १६ वटै वडाबाट दुई जना गरी ३२ जना किसानहरूको सहभागिता रहेको थियो । सो तालिमको प्रशिक्षकमा पशुबिज्ञ डा प्रभाष झा, अमरेन्द्र कुमार झा, प्रमेश्वर यादब, महेन्द्र यादब, रसुल मन्सुरी रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ