News Category 2078/10/24
सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडियो
दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडिएको छ । प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा मकवानपुरको आयोजनामा कोशी नदीमा रहु र नैनी जातका ३० हजार माछाका भुरा कोशी नदीमा सोमबार छाडिएको हो ।
माछाका भुरा छाडने क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षका वाडेन रामचन्द्र खतिवडाले कोशी नदीमा प्रदुषणले गर्दा माछाको कमी भएको कारण यहाँ माछाका भुरा छाडिएको बताए ।
प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा कार्यालयले अघि नारायणी नदीमा ४० हजार भुरा छोडेको थियो भने मकवानपुरको सामारी नदीमा पनी ३४ हजार माछाका भुरा छाडेका थिए ।
साना माछा मार्ने काम गरेमा माछाको बिद्र्धबिकास हुनमा समस्या हुनेृ बताउदै कोशी नदीमा कोशी टप्पु वन्यजन्तुको अगुवाइमा यसअघि २० वटा घडियाल गोही समेत छाडिएको उनले बताए । उनले माछा र घडियाल गोहीको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन ।
जलिय जैबिक बिविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रीत समुदायको आय स्तर अभिबृद्धिका लागि स्थानिय जातको माछा नदीमा छाडिएको प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडाका कार्यालय प्रमुख सरोज कुमार यादवले बताए ।
खोला नालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जिवनस्थर विकासका लागि आफुहरुले यो कार्यक्रम गरेको कार्यालय प्रमुख यादवको भनाई छ ।
कोशी नदीमा माछाको भुरा छाडने कार्यक्रममा हनुमानगर कंकालिनी नगरपालिकाका उपमेयर सरिता यादव, मत्स्य बिकास केन्द्र फत्तेपुरका प्रमुख भुपनारायण मण्डल, पत्रकार भुपदेव माली र राससका समाचारदाता अरुण कुमार यादव लगायत स्थानियबासी भरभलाआदमी लगायतका उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ