News Category 2078/10/25
कला र संस्कृतीलाई राजनीतिबाट अलग राख्नुपर्छ ः वक्ताहरु
दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
कला र साँस्कृतिक क्षेत्रलाई राजनीतिबाट अलग राख्नु पर्ने मंगलबार राजविराजमा आयोजित एक कार्यक्रमका सहभागि वक्ताहरुले जोड दिएका छन् ।
चलचित्र तथा लोकसंचार प्रवद्र्धन बोर्ड मधेश प्रदेश जनकपुरले राजविराजमा आयोजना गरेको मधेश प्रदेश चलचित्र सम्बन्धी पूर्वाधारको विकास सम्बन्धमा गोष्ठी तथा चलचित्रकर्मीहरुको तथ्याङ्क संकलन कार्यक्रममा सहभागि वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै समाजवादी साँस्कृतिक महासंघ सप्तरीकी उपाध्यक्ष रमिला साहले कला क्षेत्रलाई बलियो बनाउन राजनीतिबाट मुक्त गर्नुपर्ने धारणा राखिन् । उनले कलाको कुनै सीमा र क्षेत्र नभएको भन्दै भन्दै कलाकारहरु पनि राजनीतिक पार्टीबाट मुक्त हुनुपर्ने बताइन् ।
त्यस्तै लेखक एवं रंगकर्मी रबिन्द्र रबिले कला क्षेत्रको विकासका लागि सिकाई र तालिम उपलब्ध गराउनु पर्नेमा जोड दिदै यसका लागि सम्बन्धीत विषयको शिक्षक संस्था स्थापना गर्नुपर्ने आवश्यक रहेको बताए ।
कवियत्री करुणा झाले कलाकार र यस क्षेत्रमा लागेकाहरुको अवस्था अहिले पनि दयनिय रहेको भन्दै उनीहरुका लागि विमा र अन्य सुविधा उपलब्ध गराउनु पर्नेमा जोड दिइन् । बोर्डकी सदस्य पुष्पा यादवले मधेश प्रदेशको कला सँस्कृतिलाई विश्व समुदायसँग पु¥याउनका लागि पहिले आफू संस्थागत हुनु जरुरी रहेको बताइन् ।
बोर्डका सदस्य बैधनाथ कर्मी पटेलको अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोर्डका अर्का सदस्य अशोक दत्त, कलाकर्मी निराजन मेहता, समाजवादी साँस्कृतिक महासंघ सप्तरीका अध्यक्ष भुषण सिंहलगायतले पनि मधेश प्रदेशमा चलचित्र कला र साँस्कृति क्षेत्रको संरक्षण, सम्वद्र्धन, व्यवस्थापन र उत्थानका लागि गर्नुपर्ने कामहरु बारे विचार व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ