News Category 2078/10/27
एकलौटी ढंगले व्यवस्थापन समिति गठन गरेको भन्दै विद्यालयमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित श्री लक्ष्मी नरसिंह बल्लभ उच्च माबि बभनगामा कट्टीमा बिहीबार स्थानिय अभिभावकहरुले प्रधानाध्यापकको कार्यकक्ष तथा लेखा शाखा फाँटमा तालाबन्दी गरेका छन् ।
एकलौटी र मनपरी ढंगले व्यवस्थापन समिति गठन गरिएको, ऐन कानुन मिचेर करारमा कर्मचारी नियुक्त गरेको लगायतका आरोप लगाउँदै अभिभावकहरुले ताबलाबन्दी गरेका हुन् ।
पटक पटक प्रधानाध्यापक विपिन झा र व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीलाई सचेत गराउँदा पनि अटेर गरेकाले बाध्य भई तालाबन्दी गर्नुपरेको स्थानिय अभिभावक उपेन्द्र यादवले बताए ।
अर्का अभिभावक प्रकाश मण्डलले विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियादेखी कर्मचारी नियुक्ती तथा भौतिक पूर्वाधार निर्माणमा समेत अनियमितता भएको दाबी गर्दै उच्च स्तरिय छानबिन हुनुपर्ने माग गरे ।
यसअघि सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एसएलपी मावि पत्थरगाढामा व्यवस्थापन समितिको निर्वाचन र आर्थिक अनियमितताको छानबिनको माग गर्दै अभिभावकहरुले गरेको रिले अनशन बुधबार तोडिएको छ ।
आगामी फागुन ९ गते विद्यालय व्यवस्थापन समितिको निर्वाचन गराउने सहमति भएपछि अनशन तोडिएको डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहले जानकारी दिएका छन् ।
तीन वर्षे कार्यकाल सकेको दुई वर्षभन्दा बढी भइसक्दा पनि विद्यालय व्यवस्थापन समितिको अर्को निर्वाचन गराउन आलटाल गरेको र आर्थिक अनियमितता समेत गरेको भन्दै स्थानिय अभिभावकहरुले विद्यालयको प्रवेशद्वारमै रिले अनशन सुरु गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ