News Category 2078/10/27
नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै

दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
राजविराज नगरपालिकाको सामुन्ने रहेको ऐतिहासिक भगवती पोखरी अहिले मानिसहरुको शौच र पिसाब गर्ने थलो बन्दै गएको छ ।
आवश्यक रेखदेख, सरसफाई र संरक्षणको अभावमा उक्त पोखरी शौच र पिसाब गर्ने थलो बन्दै गएको हो । सोही कारणले पोखरी कुरुप र दुर्घन्धित समेत भएको छ ।
विभिन्न पूजापाठ, छठ पर्व, विवाहका समयमा विभिन्न विधीका लागि तथा अन्य पर्वमा स्थानियहरुले प्रयोग गर्ने उक्त पोखरीमा अहिले सर्वसाधारणले फोहर समेत फ्याल्ने गर्छन् ।
राजविराज नगरपालिका कार्यालयकै अधिनमा रहेको भगवती मन्दिरको पछिल्लो भागमा अवस्थित उक्त ऐतिहासिक पोखरीमा पानी नै सुकेपछि प्रयोगविहीन अवस्थामा पुगेको स्थानियले बताएका छन् ।
छठ पर्वको समयमा स्थानिय र नगरपालिका कार्यालयका सफाईकर्मीले मिलेर पोखरीको सरसफाई गर्छन् । त्यसमा सेना र प्रहरीले पनि सघाउछन् । तर त्यसपछि वर्षैभरि पोखरी उपेक्षित हुन्छ । नगरपालिकाको बारुणयन्त्रले आगलागिको समयमा त्यही पोखरीबाट पानी समेत भर्ने गर्छ ।
केही वर्ष अघि सोही पोखरीको सौन्दर्यकरणका लागि झण्डै ८० लाख रकम खर्च गरिएको थियो । सो समयमा पोखरीलाई पुर्ननिर्माण गरिएको थियो र कम्पाउण्ड वाल तथा नयाँ मूल गेट समेत निर्माण गरिएको थियो । तर, अहिले मूल गेटमा मानिसहरुले पिसाब फेरेकै कारण प्वालपरि खिया समेत लागेको छ । यसले पोखरीको सौन्दर्यता बिगार्दै गएको छ ।
उक्त समयममा पोखरीलाई सौन्दर्यता गर्ने नाममा ८० लाख रकम समेत अपुग भएपछि बीचमै त्यसको काम रोकिएको थियो ।
यता नगरपालिकाले भएका सार्वजनिक शौचालय समेत भत्काउँदा मानिसहरु जताभावी पिसाब गर्ने क्रममा एकान्त कुना देखेर बटुवाहरु पोखरीकै ढोकामै ओढ लागेर पिसाब फेर्ने गरेका छन् । तर नगरपालिकाले त्यसप्रति कडाई गर्नुको साटो हेलचक्राई गरेको देखिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ