News Category 2078/10/28
स्वास्थ्य संस्थालाई पिपिई किट प्रदान
दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
सप्तरीको चार वटा स्वास्थ्य संस्थालाई शुक्रबार पिपिई किट प्रदान गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीको आयोजनामा सप्तरीको राजविराजमा आयोजित स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रममा जिल्लाको तिलाठी कोईलाडी स्वास्थ्य चौकी, तोपा प्राथमिक स्वास्थ्य केन्द्र, लौनियाँ स्वास्थ्य चौकी र सखडा स्वास्थ्य चौकीलाई पिपिई किट प्रदान गरिएको हो ।
सेभ द सप्तरीको कार्यक्षेत्रमा रहेका ४ वटै स्वास्थ्य चौकी÷बर्थिङ सेन्टरहरुलाई गर्भवती गराउन र कोभिड १९ बाट जोगिनका लागि प्रत्येक स्वास्थ्य संस्थालाई ७५÷७५ वटा गरि ३ सय पिस पिपिई किट प्रदान गरिएको सेभ द सप्तरीका स्वास्थ्य फिल्ड अधिकृत बिष्णुकान्त देवले जानकारी दिएका छन् ।
सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवको अध्यक्षतामा स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रममा करिब ९ लाख ७६ हजार ३ सय २० रुपैया मुल्य बराबरको पिपिई किट प्रदान गरिएको जनाइएको छ ।
यस्तै चार वटा पालिकाको बिष्णुपुर, छिन्नमस्ता, तिलाठी कोइलाडी र राजविराज नगरपालिका वडा नं. ५ सेभ द सप्तरीको कार्यक्षेत्रमा रहेका बिद्यालयमा अध्यनरत बालबालिकाहरुको लागि बिद्यार्थीहरुको संख्याको आधारमा स्वास्थ्य सामग्री बितरण समेत गरिएको छ ।
जिल्लाको बिष्णुपुर गाउँपालिकालाई ३ सय १० थान साबुन, १४ हजार ५ सय ९५ पिस सर्जिकल माक्स, १४ हजार ५ सय ९५ पिस बेबी माक्स र १९ थान ५ लिटरको निर्मलिकरण झोल बितरण गरिएको छ ।
सो कार्यक्रममा तिलाठी कोइलाडी स्वास्थ्य चौकीका इन्चार्ज रामअवतार साह, सेभ द सप्तरीका कार्यक्रम संयोजक संतोष यादव, फिल्ड अधिकृत बिदया मंडल, बिष्णुकान्त देव लगायत सेभ द सप्तरीका कार्मचारीहरुको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ