News Category 2078/10/28
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश
दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले फागुन १ देखी जिल्लाका सबै विद्यालयलाई १२ वर्ष पूरा नभएका विद्यार्थीका लागि आलोपालो कक्षा संचालन गर्न आदेश जारि गरेको छ ।
कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार उक्त आदेश जारि गरेको हो ।
कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमणको जोखिम कायमै रहेकाले संक्रमण ऐन २०२० को दफा २, स्थानिय प्रशासन ऐन २०२८ को दफा ३ ले दिएको अधिकार प्रयोग गरि जिल्लामा फागुन १ देखी लागु हुने गरि १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा आलोपालो दिनमा कक्षा संचालन गर्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा जारि आदेशमा उल्लेख छ ।
जारि आदेशमा १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा भने नियमित कक्षा संचालन गर्न पाउने उल्लेख गरिएको छ । विश्व विद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारको शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षा मापदण्डको पूर्ण पालना गरि संचालन गर्न पाउने जारि आदेशमा भनिएको छ ।
यस्तै पार्टी प्यालेश र खेलकुद कार्यक्रमहरुमा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै एक पटकमा कुल क्षमताको बढीमा ५० प्रतिशत भन्दा बढी नहुने गरि संचालन गर्न, डान्स बार, दोहरी, नाच घर, पव, क्लबलगायतका रात्रीकालिन व्यवसाय सिनेमाघर, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुटसल जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरि मात्र फागुन १ गतेबाट राती १० बजेमा नबढ्ने गरि संचालन गर्ने जिल्ला प्रशासन कार्यालयद्वारा जारि आदेशमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ