News Category 2078/11/05
फुटबल संघ सप्तरीको अध्यक्षमा परियारद्वारा उम्मेदवारी घोषणा
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
फुटवलका सेवानिवृत सहायक प्रशिक्षक राजकुमार परियारले जिल्ला फुटबल संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पुराना खेलाडी समेत रहेका परियारले फागुनको तेश्रो साता हुन लागेको जिल्ला फुलवल संघ (एन्फा) सप्तरीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । राजविराज ८ निवासी परियार गत जेठ १ गते प्रशिक्षक सेवाबाट निवृत भएका हुन् ।
उनले संघका वर्तमान नेतृत्वले मनोमानी ढंगले काम गरेको, संघका विधानलाई मिचेर अघि बढेको, पुराना खेलाडीलाई पाखा लगाउने काम गरेको र फुटवल खेललाई जिल्लामा लोप हुने अवस्थामा पु¥याउन लागेको आरोप लगाउँदै फुटवल खेलको विकास र विस्तारका लागी आफ्नो उम्मेदवारी रहने स्पष्ट पारेका छन् ।
उनले आफु जिते जिल्लामा ग्रासरुट फुटवल खेलको माध्यमले योग्य खेलाडी उत्पादन तथा फुटवललाई माथी उठाउनका लागी विभिन्न योजना बनाएको समेत जानकारी दिए ।
संघको निर्वाचनमा संघ संग आवद्ध क्लबका प्रतिनिधी नै मतदाता हुने व्यवस्था छ । जिल्ला फुटवल संघ सप्तरीमा ११ वटा क्लब आबद्ध छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ