News Category 2078/11/05
आर्थिक अनियमितता भएको भन्दै सप्तकोशी नगरपालिकामा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
आर्थिक अनियमितता भएको भन्दै सप्तरीको सप्तकोशी नगरपालिकामा बिहीबार तालाबन्दी गरिएको छ । चार दलिय गठबन्धनद्वारा गठित संर्घष समितीद्वारा सो तालाबन्दी गरिएको हो ।
संघर्ष समितीका संयोजक समेत रहेका नेपाली काँग्रेस नगर समितीका सभापती युवराज खनालले अनियमितताको छानवीन हुनु पर्ने तथा नगरपालिकाको आय–ब्यय सार्वजनिक गर्न नगरप्रमुखले आलटाल गरेको आरोप लगाएका छन् ।
नगरपालिकामा भएको आर्थिक कारोबार र कर्मचारी नियुक्ति प्रक्रिया बारे सम्पुर्ण विवरण माग गर्दै पटक पटक ज्ञापन पत्र बुझाउँदा पनि नगर प्रमुख उत्तम गौतमले आलटाल गर्दै आएपछी बाध्य भई तालाबन्दी गर्नु परेको उनले बताए ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकिकृत (समाजवादी) द्वारा गठित संघर्ष समितीले महालेखा नियन्त्रणको कार्यालय र आन्तरिक लेखापरिक्षणबाट बेरुजु ठहर गरिएका खर्चको सम्पुर्ण विवरण सार्वजनिक गर्नु पर्ने माग गरेको छ ।
यस्तै सडक बोर्डबाट प्राप्त बजेट तथा खर्च विवरण, कोभिड १९ र विपद व्यवस्थापन शिर्षकमा भएको आम्दानी र खर्च विवरण सार्वजनिकका साथै आ.ब. २०७८÷०७९ मा नगरपालिकाका सबै ११ वटै वडाको तय गरिएको योजना अविलम्ब कार्यान्वयनमा ल्याउनु पर्ने व्यवस्था लगायतका ६ बुँदे माग अघि सारिएको छ ।
नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, योजना, लेखा लगायतका कार्यकक्ष र फाँटमा तालाबन्दी गरिएपछी सेवा प्रवाह ठप्प भएको छ । नगर प्रमुख गौतमले भने कुनै किसिमको अनियमितता नभएको दाबी गर्दै सर्घष समितीद्वारा वार्ता गरी समाधानको पहल थालेको प्रतिक्रिया दिएका छन् ।
सोही माग राख्दै संघर्ष समितीले पछिल्लो पटक माघ २४ गते ज्ञापन पत्र बुझाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ