News Category 2078/11/09
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न सामाग्रि प्रदान

दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा संचालनमा रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका लागि एक गैर सरकारी संस्थाले आइतबार टेलिभिजन, डस्ना, सिरक, झुल, बच्चाहरुको शैक्षिक तथा विभिन्न खेलकुद सामाग्रि उपहार प्रदान गरेको छ ।
केन्द्रलाई महिला तथा बालमैत्री बनाउन थप सहयोग पु¥याउने उद्देश्यका साथ युनिसेफको सहयोगमा जनकपुरस्थित लाइफ नेपाल नामक संस्थाले एक कार्यक्रमबीच उक्त सामानहरु उपहार दिएका हुन् ।
विभिन्न खाले हिंसा तथा वेवारिसे अवस्थामा फेला परि केन्द्रमा आश्रयका लागि राखिने आमाहरुका लागि टेलिभिज, डस्ना, सिरक, झुल तथा बच्चाहरुका लागि पेन्सिल, कटर, मार्कर, कलर पेन्सिल, सापनर, कपीलगायतका शैक्षिक सामाग्रिका साथै फुटबल, भलिवल, लुडो स्किटिङ, प्याडलक र खेलौना लगायतका खेलकुद सामाग्रि समेत प्रदान गरिएको संस्थाका कार्यक्रम संयोजक शुष्मा भट्टले बताईन् ।
महिला तथा बालबालिका लागि उपलब्ध गराइएको ती सामाग्रिहरु महिला, बालबालिका, यूवा तथा खेलकुद मन्त्रालयको महिला विकास शाखा प्रमुख देवकुमारी खत्रीले डिएसपी माधवप्रसाद काफ्लेलाई हस्तान्तरण गरिन् ।
सो अवसरमा उनले विभिन्न महिला हिंसा र वेवारिसे अवस्थामा केन्द्रमा आउने पीडित महिला र उनीसागै आउने बच्चाको जिवनमा सहजता र उचित वातावरण निर्माणका लागि यस्ता सामाग्रि उपलब्ध गराइएको र यसको सदुपयोग हुने अपेक्षा राखेको बताईन् ।
कार्यक्रममा संस्थाको टिम लिडर जिवन पुडासैनी, युनिसेफका कामदेव खनाल, संचारकर्मी बैजनाथ झालगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
उपहार बुझ्दै डिएसपी काफ्लेले दाता संस्थाप्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगले केन्द्रलाई महिला र बालमैत्री बनाउन थप मद्दत मिलेको र यसको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्मको अवधीमा २० महिला, १५ बालबालिका र २ जेष्ठ नागरिकले उक्त केन्द्रमा सेवा पाएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ