News Category 2078/11/09
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न सामाग्रि प्रदान
दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा संचालनमा रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका लागि एक गैर सरकारी संस्थाले आइतबार टेलिभिजन, डस्ना, सिरक, झुल, बच्चाहरुको शैक्षिक तथा विभिन्न खेलकुद सामाग्रि उपहार प्रदान गरेको छ ।
केन्द्रलाई महिला तथा बालमैत्री बनाउन थप सहयोग पु¥याउने उद्देश्यका साथ युनिसेफको सहयोगमा जनकपुरस्थित लाइफ नेपाल नामक संस्थाले एक कार्यक्रमबीच उक्त सामानहरु उपहार दिएका हुन् ।
विभिन्न खाले हिंसा तथा वेवारिसे अवस्थामा फेला परि केन्द्रमा आश्रयका लागि राखिने आमाहरुका लागि टेलिभिज, डस्ना, सिरक, झुल तथा बच्चाहरुका लागि पेन्सिल, कटर, मार्कर, कलर पेन्सिल, सापनर, कपीलगायतका शैक्षिक सामाग्रिका साथै फुटबल, भलिवल, लुडो स्किटिङ, प्याडलक र खेलौना लगायतका खेलकुद सामाग्रि समेत प्रदान गरिएको संस्थाका कार्यक्रम संयोजक शुष्मा भट्टले बताईन् ।
महिला तथा बालबालिका लागि उपलब्ध गराइएको ती सामाग्रिहरु महिला, बालबालिका, यूवा तथा खेलकुद मन्त्रालयको महिला विकास शाखा प्रमुख देवकुमारी खत्रीले डिएसपी माधवप्रसाद काफ्लेलाई हस्तान्तरण गरिन् ।
सो अवसरमा उनले विभिन्न महिला हिंसा र वेवारिसे अवस्थामा केन्द्रमा आउने पीडित महिला र उनीसागै आउने बच्चाको जिवनमा सहजता र उचित वातावरण निर्माणका लागि यस्ता सामाग्रि उपलब्ध गराइएको र यसको सदुपयोग हुने अपेक्षा राखेको बताईन् ।
कार्यक्रममा संस्थाको टिम लिडर जिवन पुडासैनी, युनिसेफका कामदेव खनाल, संचारकर्मी बैजनाथ झालगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
उपहार बुझ्दै डिएसपी काफ्लेले दाता संस्थाप्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगले केन्द्रलाई महिला र बालमैत्री बनाउन थप मद्दत मिलेको र यसको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्मको अवधीमा २० महिला, १५ बालबालिका र २ जेष्ठ नागरिकले उक्त केन्द्रमा सेवा पाएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ