News Category 2078/11/09
सप्तकोशी नपाका कर्मचारीहरु कामकाज रोकी आन्दोलित
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सप्तकोशी नगरपालिकाका कर्मचारीहरु सोमबारदेखी कामकाज रोकी आन्दोलित भएका छन् ।
कर्मचारीहरुलाई धम्क्याउने कार्य तथा कार्यालयमा सुरक्षित साथ काम गर्ने वातावरण नरहेको भन्दै कर्मचारीहरुले सेवा रोकेका हुन् ।
कर्मचारीहरुद्वारा सोमबार एक प्रेस विज्ञप्ति जारि गरि कामकाज उचित वातावरण निर्माण नभएसम्म काममा नफर्किने जनाइएको छ ।
नगरपालिकाको प्राविधिक शाखाका सवइन्जिनियर किशोर यादवले चार दलिय गठबन्धनद्वारा नगरपालिका कार्यालयलाई लक्षित गरि थालिएको आन्दोलनले आफूहरु असुरक्षित भएकोले बाध्य भई काम रोक्नु परेको बताए ।
अघिल्लो दिन आइतबार आन्दोलनका नाममा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र तथा जसपाद्वारा गठित संघर्ष समितिले कार्यालयमा ढुंगामुढा गरि क्षति पु¥याएको थियो ।
आर्थिक वर्ष २०७८÷७९ मा नगर सभाद्वारा नगरका ११ वटै वडाका लागि तय गरिएको योजना कार्यान्वयनमा ल्याउनु पर्ने, महालेखा तथा आन्तरिक लेखा परिक्षकका क्रममा ठहर भएका बेरुजु विवरण सार्वजनिक गर्नुपर्ने, विभिन्न समयमा खरीद गरिएको उपकरणहरुको खरीद प्रक्रिया तथा कर्मचारी नियुक्ति लगायतका प्रकरणको छानबिन हुनुपर्ने लगायतका माग राखी गत माघ २४ गते नै नगर प्रमुखलाई चार दलिय गठबन्धनद्वारा गठित संघर्ष समितिले ज्ञापन पत्र बुझाएको थियो ।
तर त्यसको वेवास्ता गरिएको भन्दै बिहीबार संघर्ष समितिद्वारा गरिएको तालाबन्दी एकपक्षिय रुपमा शुक्रबार खोलिएपछि विवाद चर्केको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ