News Category 2078/11/09
सप्तकोशी नपाका कर्मचारीहरु कामकाज रोकी आन्दोलित

दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सप्तकोशी नगरपालिकाका कर्मचारीहरु सोमबारदेखी कामकाज रोकी आन्दोलित भएका छन् ।
कर्मचारीहरुलाई धम्क्याउने कार्य तथा कार्यालयमा सुरक्षित साथ काम गर्ने वातावरण नरहेको भन्दै कर्मचारीहरुले सेवा रोकेका हुन् ।
कर्मचारीहरुद्वारा सोमबार एक प्रेस विज्ञप्ति जारि गरि कामकाज उचित वातावरण निर्माण नभएसम्म काममा नफर्किने जनाइएको छ ।
नगरपालिकाको प्राविधिक शाखाका सवइन्जिनियर किशोर यादवले चार दलिय गठबन्धनद्वारा नगरपालिका कार्यालयलाई लक्षित गरि थालिएको आन्दोलनले आफूहरु असुरक्षित भएकोले बाध्य भई काम रोक्नु परेको बताए ।
अघिल्लो दिन आइतबार आन्दोलनका नाममा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र तथा जसपाद्वारा गठित संघर्ष समितिले कार्यालयमा ढुंगामुढा गरि क्षति पु¥याएको थियो ।
आर्थिक वर्ष २०७८÷७९ मा नगर सभाद्वारा नगरका ११ वटै वडाका लागि तय गरिएको योजना कार्यान्वयनमा ल्याउनु पर्ने, महालेखा तथा आन्तरिक लेखा परिक्षकका क्रममा ठहर भएका बेरुजु विवरण सार्वजनिक गर्नुपर्ने, विभिन्न समयमा खरीद गरिएको उपकरणहरुको खरीद प्रक्रिया तथा कर्मचारी नियुक्ति लगायतका प्रकरणको छानबिन हुनुपर्ने लगायतका माग राखी गत माघ २४ गते नै नगर प्रमुखलाई चार दलिय गठबन्धनद्वारा गठित संघर्ष समितिले ज्ञापन पत्र बुझाएको थियो ।
तर त्यसको वेवास्ता गरिएको भन्दै बिहीबार संघर्ष समितिद्वारा गरिएको तालाबन्दी एकपक्षिय रुपमा शुक्रबार खोलिएपछि विवाद चर्केको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/30 कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
- 2082/02/29 कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
- 2082/02/29 सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन
- 2082/02/29 सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित
- 2082/02/29 गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
- 2082/02/29 भुमि प्राप्तिका लागि सप्तरीबाट जागरण अभियान
- 2082/02/28 राजविराज नगरपालिका दिनभर तनावग्रत, प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
- 2082/02/26 तालाबन्दी र धर्नाका कारण राजविराज नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका
- 2082/02/26 प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ