News Category 2078/11/10
ट्राफिक प्रहरी जवान संजय मण्डलको दादागिरीले स्थानिय त्रसित
दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
ट्राफिक प्रहरी जवान संजय मण्डलको दादागिरीका कारण राजविराज नगरवासीले अनावश्यक दुःख झेल्नु परेको छ ।
बिना कारण सवारी चालकलाई दुःख दिने गरेका जवान मण्डलले आफूलाई दबंग प्रहरीको सूचीमा राख्न खोजेका छन् । सवारी चालकसँग आवश्यक कागजात रहँदा रहँदै पनि उनी कुनै अन्य वहानामा जसरी पनि सवारीसाधन नियन्त्रणमा लिने गरेको जसपाका नेता नवनित झाले बताए ।
ट्राफिक श्रोतका अनुसार उनी ट्राफिक प्रहरी प्रमुखसँग सवारीसाधनको बढी चाप हुने स्थानमा आफ्नो ट्युटी पार्दै आएका छन् । सवारीसाधन बढी गुड्ने नाकामा उनी सवारीलाई रोक्दै जुनसुकै पनि त्रृटी देखाएर रकम असुल गर्न खप्पिस छन् ।
चेकजाँचको नाममा मनपर्दी र एकलौटी तरिकाले रकम असुल गरि माथिल्लो निकायसम्म पु¥याउन खप्पिस रहेका ट्राफिक जवान मण्डल राजविराजको मुख्य नाका रुपनी मोड तथा जनआन्दोलन चौकमै ड््यूटीमा देखिने गरेका छन् ।
रातीको समयमा ड्युटी गर्न उनी एक्लै तथा केही प्रहरी जवानसँग देखिन्छन् । रातीको समयमा मौका छोपी प्राय मोटरसाइकल चालकको कागजात चेकजाचको नाममा रकम असुली गर्ने गरेको स्थानियको दाबी छ । रातीकै समयमा इमरजेन्सीमा गइरहेका मोटरसाइकल चालकको व्यवहारिक कुरा समेत नसुनी रु. १०० देखी ५०० सम्म रकम लिई छोड्ने गरेको श्रोतको दाबी छ ।
यसरी खुलेआम राजविराज नगर क्षेत्रमा एउटा ट्राफिक जवानको मनपरी र दादागिरीप्रति जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरी मौन रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ