News Category 2078/11/11
महाशिवरात्रीका लागि शिवालयहरुमा तयारी तिब्र

दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
महाशिवरात्री पर्व मनाउनका लागि सप्तरीका शिवालयहरुमा तयारी तिब्र पारिनुका साथै शिवालयहरुको रंगरोगन तथा झकिझकाउ पार्न थालिएको छ ।
फागुन १७ गते मंगलबार यो पर्व मनाइने छ । महाशिवरात्री पर्वका लागि राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर, छिन्नमस्ता गाउँपालिकास्थित लालेश्वरनाथ महादेव मन्दिर, शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर, महदेवा गाउँपालिकास्थित अंकुरी महादेव मन्दिर लगायतका शिवालयहरु अहिले रंगरोगन र सजाउने काम धमाधम भइरहेको छ ।
यसैक्रममा महाशिवरात्रीमा सर्वाधिक श्रद्धालुको भिड लाग्ने राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरलाई आकर्षक र सौन्दर्यकरण कार्यमा व्यवस्थापन समितिले लाखौं रकम खर्चेको मुल पुजारी महेश्वर भारतीले जानकारी दिँदै मन्दिर प्रवेशद्वारदेखी मन्दिरसम्म टायल्स बिछ्याइएको छ भने रंगरोगन, श्रद्धालु बस्ने बिश्राम स्थल निर्माण तथा सजावट कार्य अन्तिम चरणमा पुगेको बताए ।
मन्दिरको व्यवस्थापन समितिले भक्तजनका लागि पूजामा सहजिकरण, यातायातको पार्किङ, सरसफाई र खानपिनलाई सुरक्षित बनाउन समेत विभिन्न तयारी गरेको अध्यक्ष ध्रुब देवले बताए । मन्दिरको सौन्दर्यकरणका लागि आफ्नो व्यक्तिगत खर्चका साथै विभिन्न दाताहरुबाट पनि सहयोग प्राप्त भएको जानकारी दिदै उनले शिवरात्रीका दिन यस मन्दिरमा ५० हजार भन्दा बढी भक्तजन आउने अनुमान गरिएको बताए ।
यता जिल्लाका अन्य शिवालयहरु पनि मन्दिर संरक्षण र व्यवस्थापन समितिद्वारा झकिझकाउ पार्ने काम अन्तिम चरणमा पुगेको सम्बन्धी समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ