News Category 2078/11/13
राजविराज नगर प्रमुखका लागि दुई दर्जन दौडमा

दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
स्थानिय तहको निर्वाचन मिति तय भएसँगै राजविराज नगरपालिकाको प्रमुख पदका लागि विभिन्न दलका दुई दर्जन नेताहरु दौडमा रहेका छन् ।
१८ स्थानिय तह रहेको सप्तरीमा अहिले सर्वाधिक चर्चा राजविराज नगरपालिकाको देखिएको छ भने उम्मेदवार चयन गर्न दलहरु दिनहुँजसो आन्तरिक छलफलमा समेत जुटेको देखिन थालिएको छ ।
नेपाली काग्रेसबाट ध्रुब देव, मो. इर्साद अन्सारी, शम्भुलाल देव, अनिल यादव, प्रभातकुमार ललन, बिन्देश्वर साह बिन्दीको नाम यति बेला नगर प्रमुख पदका लागि चर्चामा छ ।
यस्तै नेकपा एमालेबाट राजविराज नगरपालिकाको प्रमुख पदका लागि नुरुल होदा अंसारी, प्रभाकर सिंह, सुखराम यादव र अखिलेश झाले प्रस्तुत गरेका छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा) बाट भिमराज यादव र वर्तमान नगरप्रमुख शम्भु प्रसाद यादवले सक्रियता बढाएका छन् ।
यसैगरि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट दिपेन्द्र चौधरी, साधना झा र सुनिल झाले नगर प्रमुख पदको दाबेदारी प्रस्तुत गर्दै जनसम्कर्प अभियान तिब्र बनाएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रबाट महेश यादव, मो. गणि मियाँ र केदार देव मध्येबाट एक जनाको चयन गरिने सो पार्टीले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीबाट नथुनी दास, प्रताप नारायण चौधरी र अरुण देवले तथा सिके राउत नेतृत्वको जनमत पार्टीबाट इन्जिनियर अमर यादव तथा नारायण यादवले दाबी प्रस्तुत गरेको सो पार्टीले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काँग्रेस परित्याग गरि हालै प्रवेश गरेका उमेश प्रसाद साहले टिकट पाउने लगभग निश्चित रहेको पार्टी श्रोतको भनाई छ ।
स्थानिय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने कार्य तालिका रहेको छ । १६ वडा रहेको राजविराज नगरपालिकामा हाल कुल मतदाताको संख्या ४० हजार ३६ रहेको छ भने मतदानका लागि नगर क्षेत्रभित्र कुल २७ वटा मतदाता केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ